Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाङमा एजेण्डाविनै घरदैलोमा उम्मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १४ २०७९
  • 2.8K
    SHARES

दाङ । ४ मंसिरको चुनाव नजिकिएसँगै उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । गाउँ छिरेका उम्मेदवारसँग जनजीविका र दैनिकीसँग जोडिएका ठोस एजेण्डा छैनन् । बरु विपक्षी दललाई आरोप प्रत्यारोप गर्दै मतादाता आकर्षित गर्ने कसरतमा छन् ।

दाङ- २ मा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रेखा शर्मा दिनहुँ घरदैलोमा गइरहेकी छन् । शर्माले एमालेलाई प्रतिगमनकारी र संविधान विरोधी भएकाले चुनावमा हराउनु पर्ने कुरा मतदाताका माझ बताउने गरेकी छन् ।

शर्माले आफूहरु जनता र कार्यकर्ताहरुलाई गठबन्धनको मर्म र उद्देश्यबारे बुझाउँदै हिँडेको बताइन् । ‘यो निर्वाचन प्रतिगमनविरुद्धको लडाईं हो, लोकतन्त्र पक्षधर र विरोधीबीचको लडाई हो’ उनले भनिन्, ‘यही कुराहरु हामी जनतालाई बुझाइरहेका छौं ।’

दाङ-२ का एमाले उम्मेदवार महासचिव शंकर पोखरेल कात्तिक २ मा कामठाडौंबाट फर्केदेखि नेता, कार्यकर्ता र मतादतामाझमै छन् । महासचिव पोखरेल पनि गठबन्धनलाई परमादेशको सरकार र सत्ता स्वार्थको झुण्ड भनिरहेका छन् ।

निर्वाचन आउँन २१ दिनमात्र बाँकी हुदा पनि यहाँका मतदाताले दलको घोषणापत्र देख्न पाएका छैनन् । त्यसैले उनीहरु एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा छन् ।

दाङ-३ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वली त केही महिना अघिदेखि नै घरदैलो र कार्यकर्ता भेटघाटमा छिन् । उनी मतदाताको दैलोदेखि, खेतबारी र मलामीसम्म पुगेकी छन् ।

उनकै प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले पनि चुनावको मुखमा दौडधुप बढाएका छन् । उनले पनि आफ्नो चुनावी घोषण पत्र अहिलेसम्म सार्वजनिक गरेका छैनन् । तर उनी मतदासँग भेटघाटमा दिनहुँ व्यस्त छन् ।

दाङबाट प्रतिनिधिसभाका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

  • मेटमणि चौधरी ।

दाङ-१ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र नेकपा एमालेकी शान्ता चौधरी, दाङ- २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा र एमालेबाट शंकर पोखरेल, दाङ- ३ मा कांग्रेसका दीपक गिरी र एमालेकी कोमल वली चुनावी प्रतिस्पर्धामा छन् । तर यी तीनै क्षेत्रका उम्मेदवारहरुको अहिलेसम्म चुनाव केन्द्रित थुप्रै कार्यक्रम भएपनि चुनावी घोषणा पत्र भने सार्वजनिक गरेका छैनन् । उनीहरु जिल्लामा आफ्नो मार्गचित्र र एजेण्डा दिन भन्दा विपक्षी उम्मेदवारलाई गाली गरेर भोट आकषिर्त गर्ने योजनामा छन् ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्रध्यापक टीकाराम उदासीले चुनावमा उम्मेदवारहरुले जनताका माझ आफ्नो मुद्दा लिएर जान नसकेको बताउँछन् ।

‘निर्वाचनमा जनताका आवश्यकता, जनजीविका र विकास निर्माणका एजेण्डाबारे छलफल र बहस हुनुपर्थ्यो’ उनले भने, ‘तर अहिले त्यसो देखिंदैन । उम्मेदवार जनताका आवश्यकता विषय भन्दा पनि आ-आफ्नै राजनीतिक स्वार्थले चुनावमा गएको देखिन्छ ।’

  • उम्मेदवार एजेण्डाविहीन रहेको पनि उदासीले बताए ।

नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्त चुनावको मुखमा सामाजिक सञ्जाल आरोप प्रत्यारोपले रंगिएको बताउँछन् । सामाजिक सञ्जाललाई आफ्ना नाराहरु जनता माझ पुर्‍याउने प्रभावकारी प्रविधिका रुपमा प्रयोग गर्नुको साटो गाली गलौच गर्ने माध्यमका रुपमा दुरुपयोग गरेको उनले बताए ।

यसले जनताहरु झन् आक्रोशित बनाएको उनी बताउँछन् । ‘उम्मेदवार जनताको आवश्यकतालाई बुझ्नै नचाहेको जस्तो देखिन्छ’ उनले भने, ‘बरु जनताको आक्रोशलाई मत्थर गर्ने नाममा विभिन्न चुनाव केन्द्रीय गतिविधि गरहेका छन् ।’ उनले नेताहरु सुध्रने प्रतिबद्धता गरेर जनता माझ जानुको विकल्प नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४