Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जोगीले फेरी लगाउन सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक १३ २०७९
  • 5.9K
    SHARES

काठमाडौं । तिहार सकिए सँगै रामेछाप र दोलखाका जोगीहरुले आफ्नो फेरी लगाउने पेशा सुरु गरेका छन् ।
बिषेशगरी कार्तिक र चैत्र महिनामा रातभर फेरी लगाएर बिहान भर सिदा उठाउने गरिएको भएपनि यस बर्षका तिहार कार्तिकको पहिलो हप्ता देखिनै सुरु भएकाले तिहार सकिएलगतै जोगीहरुले गाँउघरमा फेरी लगाउन थालेका हुन् ।

गाँउघरमा फेरी लगाएर आफ्नो जिविकोपार्जन गर्ने पुस्तौं देखि को परम्परा उनीहरुको परम्परा हो । यो पेशामा युवा पुस्ताको आकर्षण भने देखिदैन । बुढापाकाहरु पेशा गर्न नसक्ने हुँदै जानु र युवापुस्तामा यस पेशा प्रतिको आकर्षण नहुनुले उनीहरुको पेशा संकटमा पर्दै जाने खतरा बढेको छ । यस महिनामा रातभर फेरी लगाउने र विहानभर उठाएको सिदाले आफ्नो परिवारको जिविकोपार्जन गर्ने गरेको तर अब भने आफुहरुलाई जिविकोपार्जन गर्न समस्या हुने अबस्था सुरु भएकोले सरकारी निकायबाट जिविकोपार्जनका लागि बैकल्पिक ब्यवस्थाहुनुपर्ने माग रामेछापका गणेश बहादुर जोगीले गरेका छन् ।

बिभिन्न फरक फरक मत्रोचारण गरि हरेका घरको ४ सुरमा घर घुमेर फेरी लगाउदा जोगीले फेरी लगाएको घरमा शान्ति, सद्धभाब कायम हुने, भुत, प्रेतले दुःख नदिने वाल बच्चा र चौपायालाई समेत राम्रो हुने बिश्वासका साथ घर वरीपरी घुमेर तथा घर भित्रका बिभिन्न कोठाहरुमा समेत फेरी लगाउने गरिन्छ ।
रामेछापको बिजुलीकोट र हिमगंगा तथा र दोलखाको मेलुङ्ग मा उनीहरुको वसोवास रहेको छ ।

उनीहरुले परम्परागत रुपमा सुरु गरेको यो पेशा का लागि आफुहरु बुढोहुदै गएको र पढेलेखेका छोरा नातिमा यस पेशा प्रतिको अकर्षण नभएपछि अबका दिनमा जिबिकोपार्जनमा समेत समस्या पर्ने र आफ्नो संस्कृति पनि लोप हुने खतरा बढेको दोलखाका मोहन बहादुर जोगी बताउनुहुँन्छ । बिशेष गरी कार्तिक र चैत महिनामा रातभर बिभिन्न मत्रोच्चारण गर्दै बराठको सिङ बजाइ फेरी लगाउने र बिहानभर जय खोरखनाथ भन्दै घर घर मा गई सिदा उठाउने र त्यहि सिदाले परिवार पाल्ने पहिले देखिकै चलन रहेको छ ।

यस पेशालाई उनीहरुले आफ्नो जिबिकोपार्जनको माध्यम बनाएको भएपनि कहि कतैबाट उनीहरुको पेशालाई सहयोग नहुँदा उनीहरु चिन्तित बनेका छन् । गाउघरमा कार्तिक र साउनको बेला जोगीलाई दान गर्दा फलिफाप हुन्छ भन्न्े विश्वास रहेको छ । त्यसैलै सिदा उठाउन अउने जोगीलाई , धान, मकै,चामल, घिउ,कुबिन्डो फलाम, नुन, बेसार तरकारी,फलफुल र पानी र कालो कपडा समेत राखेर सिदा तयार पारी दियो बलेर नाङलो वा टपरीमा दान गर्ने चलन रहेको छ ।

यस अघि कहिले १० बर्षे द्धन्द्ध काल त कहिले लक डाउन का कारण आफ्नो पेशालाई सुरक्षाका कारण निरन्तरता दिन नसकेको जोगीहरुले लामो समय पछि आफ्नो पेशा सुरु गरेका हुन । यो पेशालाई निरन्तरता दिन सकुन्जेल उनीहरुको राम्रो आम्दानीको स्रोत यहि बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४