Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एलन मस्क बने ट्वीटरको मालिक, सीईओ अग्रवालसहित कर्मचारी बाहिरिए


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ११ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । एलन मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन भएको छ ।

बिहीबारमात्रै मस्क ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । त्यसलगत्तै ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले जनाएका छन् ।

सीईओलगायतका कर्मचारी आफैंले राजीनामा दिएर बाहिरिएका हुन् वा मस्कले ‘फायर’ गरेका हुन् भन्ने खुलेको छैन । केही समय अगाडिमात्रै मस्क र अग्रवालले एकअर्कालाई आलोचना गरेका थिए ।

यसअघि मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौता गरेका थिए । तर, त्यसपछि सम्झौताबाट पछि हटेका थिए । उनी पछि हटेपछि ट्वीटर अदालत पुगेको थियो । मस्कलाई अदालतले अक्टोबर २८ (शुक्रबार)सम्म सम्झौता कार्यान्वयन गर्न सीमा तोकिदिएको थियो । अदालतले तोकेको सीमा अगावै उनले सुरुको मूल्य अनुसार नै ट्वीटरको स्वामित्व लिएका हुन् ।

बिहीबार मात्रै हेडक्वाटर पुगेका मस्कले आफ्नो एकाउन्टमा पनि ‘चिफ ट्वीट’ लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४