Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्तिक ११ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ११ २०७९
  • 2.9K
    SHARES

पञ्चाङ्ग
वि.सं. कार्तिक ११, २०७९ । ई.सं. २८ अक्टोबर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ कछलाथ्व । नल दक्षिणायन शरद । शुक्रबार कार्तिक शुक्लपक्ष । तिथि- तृतीया, १२:२८ बजे उप्रान्त चतुर्थी । नक्षत्र- अनुराधा, १३:२७ बजे उप्रान्त ज्येष्ठा । योग- सौभाग्य ७:५४ बजेदेखि शोभन, २९:०८ बजे उप्रान्त सुकर्मा । करण- गर १२:२८ बजेदेखि वणिज, २३:३० बजे उप्रान्त वालव । चन्द्रराशि वृश्चिक । आनन्दादि योग राक्षस । दिनमान २७।५३ । सूर्योदय ६:१२ । सूर्यास्त १७:२१ । भ.२३:०३उ. ।

राशिफल

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध हट्न सक्छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
छोटो समयमा मनग्गे फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
केही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। तर द्वेष तथा ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा सोचेको प्रगति गर्न नसकिएला। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन पनि केही समय जुट्नुपर्ला।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। उद्योग र व्यापारमा सामान्य लाभ उठाउन सकिनेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अलि दु:ख देलान्। काममा आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गर्दा बिस्तारै काम बन्न सक्छ। अवसर प्राप्त भए पनि दैनिकीमा परिवर्तन नआउन सक्छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अप्ठ्यारो परिस्थितिमा पनि काम बन्नेछ। तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला। चिताएका काममा बाधा पुग्न सक्छ। अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान पुर्याउनुहोला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफन्तजनबाट भने टाढिनुपर्ला। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट सामान्य फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिमा पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४