काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा अवस्थित नुम्बुर हिमाल खुलेको छ । गुम्देलको शीरको रुपमा रहेको लुम्बुर हिमाल मौसम खुलेसँगै निकै आकर्षक र सुन्दर देखिएको छ ।
नुम्बुर हिमाल लिखु नदीको शिर पनि हो । गुम्देलबाट नुम्बुर हिमाल नजिकै नियाल्न सकिन्छ ।
लुम्बुर हिमालको अवलोकनका लागि पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकहरुको समेत भिड बढन थालेको उमाुकण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताएका छन् ।