Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समृद्ध रामेछाप र सुखी रामेछापेली बनाउने स्पष्ट खाका एमालेसँग छ : ढुङ्गेल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ५ २०७९
  • 5.5K
    SHARES

काठमाडौं । नेकपा एमालेबाट रामेछापको प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले समृद्ध रामेछाप र सुखी रामेछापेली बनाउने स्पष्ट खाका नेकपा एमालेसँग मात्रै रहेको बताउनुभएको छ ।

नेकपा एमाले दोरम्बा सैलुङ गाउँपालिका काठमाडौँ सम्पर्क मञ्चले शनिवार काठमाडौँमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान देउसी भैलो तथा सांस्कृतिक कार्यक्रममा बोल्दै ढुङ्गेलले यस्तो बताउनुभएको हो ।

सडक, कृषि, खानेपानी, सिँचाइ खेलकुदमा आवश्यक विकास गरी उत्पादन मूलक क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरण गरी समृद्ध रामेछाप बनाउने दरिलो खाका एमालेसँग रहेको उहाँले बताउनुभयो । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका ढुङ्गेलले गठबन्धनका उम्मेदवारसँग हेलिकप्टरमा घुमाउने र भोट माग्ने बाहेक रामेछाप बनाउने कुनै खाका नभएको उहाँले बताउनुभयो ।

एमाले सरकारमा हुँदा रामेछापमा कृषि उपजको भण्डारण गर्न चिस्यान केन्द्र, युवाहरूका खेल मैदान र कवर्डहल, सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि गुम्बा तथा मठ मन्दिर निर्माण एवं व्यवस्था जस्ता कामहरू धेरै गरेको उहाँले बताउनुभयो ।

एमालेले एक गाउँपालिका एक प्राविधिक शिक्षालयको अवधारणा पनि अगाडी सारेको उहाँले बताउनुभयो । लोकतन्त्र, न्यायको, स्वतन्त्रता र सुशासनका पक्षमा आफ्नो उम्मेदवारी रहेकाले रामेछापका जनताले आफूलाई मत दिने उहाँको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४