Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोट गठबन्धनलाई दिनुस, विकासको उपहार लिनुस” – कान्छाराम


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ५ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ (कान्छाराम)ले रामेछापबाट सत्ता गठबन्धनलाई जिताएर पठाए विकासको उपहार लिएर गाउँ –गाउँ आउने बताउनुभएको छ । शनिबार दिउँसो गोकुलगंगा गाउँपालिकाको वडा नं –१ चुचुरेमा वडा स्तरीय चुनावी सभामा आफ्ना प्रतिबद्धता व्यक्त गर्ने क्रममा उहाले प्रतिनिधि सभामा आफूलाई, रामेछाप प्रदेश सभा (क) मा तारानारायण श्रेष्ठ र रामेछाप प्रदेश सभा (ख) मा युवराज चौलागाईंलाई अत्याधिक मत दिएर जिताए आफुहरु विकासको उपहार लिएर गाउँ–गाउँमा आउने बताउनुभएको हो ।

बिगत एक दशक भन्द लामो समय देखि आफू जिल्लाका सबै भू–भागमा पुग्दा त्यहाका समस्यासँग आफू जानकार रहेको बताउँदै समग्र जिल्लाको समस्यालाई निर्वाचित भएपछि समधान गर्ने योजना आफूसँग रहेको पनि उम्मेद्वार तामाङले बताउनुभयो । मंसिर ४ को निर्वाचनमा आफूले एमालेका उम्मेद्वारलाई दोब्बर मतले पराजित गर्ने दाबी समेत उहाले गर्नुभयो ।

त्यसैगरी रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठले रामेछाप प्रदेश सभा (क) लाई बिकास गर्न प्रचुर मात्रामा रहेका प्राकृतिक स्रोतलाई समुचित रुपमा प्रयोग गरेर समृद्ध बनाउन सकिने योजना सहित आफू उम्मेद्वार भएको बताउँदै आम मतदाताई जिताउन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस गोकुलगंगा – १ चुचुरेका वडा सभापति धन कुबेर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ, संविधान सभा सदस्य आङटावा शेर्पा, नेपाली काँग्रेस रामेछापका निबर्तमान पार्टी सभापति लवश्री न्यौपाने, प्रदेश सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार उज्वलराम घिमिरे, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ध्रुबहरी ढुंगेल, नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य प्रेम कुमार कार्की (सेवक), नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापका अध्यक्ष रमेश खड्का लगायतले धारणा राखेका थिए ।

त्यस्तै शनिबार बिहान उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका वडा सभापति ङापेम्बा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छाराम, रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ, नेपाली काँग्रेस बागमती प्रदेश सदस्य भिमसेन बस्नेत, नेकपा माओवादी केन्द्र उमाकुण्ड गाउँपालिका वडा नं १ वडा कमिटीका अध्यक्ष अमृत कार्की लगायतले धारणा राखेका थिए ।

राजनीतिक बिचौलियाको धन्दा गर्ने एमालेबाट विकास सम्भव छैन – पुर्व गृहराज्य मन्त्री श्रेष्ठ

राजनीतिक बिचौलियाको धन्दा गर्ने नेकपा एमाले बाट देशको विकाश सम्भब नभएको नेकपा माओवादीका केन्द्रिय सदस्य एव पुर्ब गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ (कुशल)ले बताउनुभको छ ।

लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई गोकुलगंगा गाउँपालिका १ चुचुरेको शिवालयमा सम्बोधन गर्दै राजनीतीक बिचौलीयाको धन्दा गर्ने र राजतन्त्रको एजेन्डा बोकेर हिड्ने एमाले बाट देश बिकास सम्भब नभएको बताउनुभएको हो । हिजो पनी कांग्रेस र माओवादीको एकता बाट संबिधान जारी सम्भब भएको र एमालेको नेतृत्वमा बनेको सरकारले संबिधान जलाउन खोज्दा पनि कांग्रेस र माओबादी मिलेर रक्षा गरेको भन्दै अब विकास पनि कांग्रेस माओवादी बाट मात्र सम्भब हुने माओवादी नेता श्रेष्ठले बताउनुभयो ।

२०७४ सालको निर्वाचनमा माओवादी र एमालेको गठबन्धनका उम्मेरदवार बोकेर आएको र मन्त्री समेत बनाएको भएपनि उनिहरुले रामेछापको समस्या नबुझेर बिचौलीयहरु खडा गर्ने र आफ्ना कार्यकर्ता अनुकुल योजना हाल्ने मात्र काम गरेको आरोप लगाउर्दै अहिले रामेछापमा बिकास बिकास भनेर हिड्ने कान्छाराम र तारानारायण श्रेष्ठलाई लिएर आएको बताउनुभयो ।

कांग्रेसले माओवादीलाई र माओबादीले कांग्रेसलाई भोट नदिने हो भने राजाबादी शक्ति शक्तिशाली बन्ने भन्दै पुराना सबै कुरा भुलेर लोकतान्त्रिक गठबन्धनलाई भोट हाल्नु पर्ने बताउनुभयो । सबै नागरिकले प्रतिनिधि सभा तर्फ रुख चिन्हमा र प्रदेश सभा तर्फ गोलाकार भित्र हसियाहतौडामा भोट हलेर लोकतान्त्रिक गठबन्धनका उम्मेरद्वारलाई जिताएर पठाउन आग्रह गर्नुभयो ।

माओवादीमै फर्किए निवर्तमान वडा अध्यक्ष

माओवादी केन्द्रबाट २०७९ बैशाखको स्थानीय निर्वाचनका बेला नेकपा एमालेमा प्रवेश गरेका मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष पुनः माओवादी केन्द्रमै फर्किएका छन् ।

२०७९ बैशाखमा भएको स्थानीय निर्वाचनमा गठबन्धन हुँदा मन्थली गरपालिकाको उपप्रमुख वा गठबन्धन नहुँदा पार्टिवाट फेरी वडा अध्यक्षकै टिकटको दावी गरेका श्रेष्ठलाई माओवादीले वडा अध्यक्षको टिकट नदिएपछि एमालेबाट वडा अध्यक्षको टिकट पाउने आशामा नेकपा एमालेमा प्रबेश गरेका थिए ।
एमालेले उनलाई टिकट नदिएर दिनेश सुबेदीलाई टिकट दिएपछि सुबेदीलाई जिताउन कम्मर कसेर लागेको भएपनि उहाको त्यो प्रयास सफल हुन सकेन ।

रेडक्रस रामेछापको चुनाबमा माओवादी केन्द्र र एमालेको मत बाट उपाध्यक्षमा बिजयी हुनुभएका श्रेष्ठ एमालेमा आफ्नो राजतितिक भविश्य नदेखेर पुन माओवादीमा फर्किएको बताइएको छ । उहा शनिवार गोकुलगंगा गाँउपालिकाको चुचुरेमा सम्पन्न चुनावी सभामा माओवादी केन्द्रमा प्रबेश गरी यस निर्वाचनमा गठबन्धनलाई सघाउने प्रतिबद्धता गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४