काठमाडौं । २०४६ सालको राजनीतिक परिवर्तनले ल्याएको बहुदलीय शासन प्रणाली र २०६२र६३ जनआन्दोलनबाट स्थापित गणतान्त्रिक शासन व्यवस्था ल्याउन जेलनेल खाएका शीर्ष तहका नेताहरु यस पटकको चुनावमा टिकटबाट वञ्चित भएका छन् । धेरैलाई पार्टी नेतृत्वले पत्याएन भने केही स्वेच्छाले राजनीतिक जीवनबाट निवृत्त भएका छन् । मंसिर ४को चुनावमा न नयाँ नेतृत्व स्थापित हुने छाँट छ, न पुरानाले बिदा पाइसकेको स्थिति छ । चुनावी परिणामले अबको राजनीतिमा कस्को वर्चस्व स्थापित हुने निर्धारण गर्ने छ ।
- यी चर्चित अनुहार जसले टिकट पाएनन
- नेताहरुको बिबेक हिन निर्णयको शिकार बन्न पुगेकी नेतृ बिजुला बर्मा :
बागमती प्रदेश साम्सदको रुपम कांग्रेसको तर्फबाट जनताको पक्षमा सदन र सडक दुबैमा दमदार भुमिका निर्बाह गर्नु भएकी बिजुला बर्मा विद्यार्थी राजनीतिबाट संघर्ष पुर्ण लामो यात्रा तय गर्दै खारिएर आफुलाई सबै हिसाबले सबल र सक्षम साबित गर्नुभएको असल नेतृ हुनुहुन्छ।
उहाँ यस पटकको निर्वाचनमा सिन्धुली क्षेत्र न २ “क” बाटै जन अनुमोदित हुन चाहानु हुन्थ्यो । आखिर उहाँ नेताहरुको रोजाइमा किन पर्नु भएन ? टिकट बितरणमा भएको चरम चलखेल र नेताहरुको बिबेक हिन पूर्ण निर्णयको शिकार बनाइयो उहालाई अब आउने पुस्ताले नेतृत्व सङ्ग के आशा गर्ने ? यस्तो अपारदर्शी राजनीति नेपालमा कहिले सम्म चल्छ ?
हामीले कल्पना गरेको कांग्रेस लोकतान्त्रिक पद्धति, विधि र विधानले चल्ने स्वार्थरहित, निष्ठावान् युवासहितको काँग्रेस असल आचरण कुशल नेतृत्व र भ्रष्टचाररहित काँग्रेस सत्य समानता र यथार्थमा आधारित अनि स्वतन्त्रता न्यायप्रति प्रतिवद्ध काँग्रेस समावेशी संस्कार, समुन्नत र यथार्थमा आधारित अनि स्वतन्त्रता न्यायप्रति प्रतिवद्ध काँग्रेस समावेशी संस्कार, समुन्नत नेपाल एवं समृद्ध नेपालीको स्वर्णीम भविष्य तर्फ अग्रसर काँग्रेस लोकतान्त्रिक संविधानको रक्षा र राजनैतिक स्थिरताको लागि लड्ने काँग्रेस ‘सत्तामा आसिन अधिकार सम्पन्न मानिस अहिले जे छ त्यसैलाई साश्वत ठान्दत, ठिकै छ प्राप्तिलाई साश्वत ठान्नु कुनै आपत्ति छैन । तर धेरै जसो प्राप्तीलाई जोगाउने खेलमा नराम्ररी भासिन्छन् । जसको ‘प्रतिफल सिंगो संस्था अथवा सम्पूर्ण देशले भोग्नुपर्ने हुन्छ ।
हामी संकल्प गरौं गलत प्रवृत्ति निस्तेज गर्दै नयाँ संस्कार र आवृत्तिको निर्माण गरौं । पार्टीलाई स्वार्थ सिद्धिका लागि भ¥याङ बन्नबाट रोकौं । गुट र उपगुटको खेल र कार्यकर्तालाई नेताको पेवा बन्नबाट रोकौं । संस्थागत निर्णयको परिपाटी बसाल्दै भावी पिँढीको लागि मार्ग प्रशस्त गरौं । नेपाली काँग्रेस र राजनीति प्रति आस्था र विश्वनस जगाउँ । सुन्दर नेपाल र समृद्ध नेपालीको तयारी हाम्रै हातबाट गरौं । यो शुभ कार्यको शुभारम्भ यही पुस्ताबाट जति सक्दो चाँडो हुनु पर्दछ ।
सांगठनिक यात्रा र संघर्ष २०४७ – कोषाध्यक्ष, ने.वि.संघ सिन्धुली क्याम्पस ईकाइ २०४७–२०५१ – सदस्य, ने.वि.संघ सिन्धुली जिल्ला कर्यासमिति २०४८–२०५१ – सदस्य, नेपाल महिला संघ जिल्ला कार्य समिति २०४८ – सदस्य, नेपाली काँग्रेस सिन्धुली जिल्ला क्षेत्रीय समिित क्षेत्र नं. २ २०४९–२०५१ – सदस्य, नेपाली काँग्रेस सिन्धुली जिल्ला कार्यसमिति २०५१ – सह–सचिव, ने.वि.संघ जनकपुर काठमाडौं सम्पर्क समिति २०५३ – सह–सचिव, ने.वि.संघ स्ववियु पद्मकन्या कलेज २०५५ – उप–सभापति, नेवि.संघ स्ववियु पद्मकन्या कलेज २०५६–२०५९ – सदस्य, ने.वि.संघ केन्द्रीय कार्यसमिति (निर्वाचित) २०५८ – छात्रा विभाग प्रमुख, ने.वि.संघ केन्द्रीय कार्य समिति २०५९–२०६१ – सदस्य, ने.वि.संघ केन्द्रीय कर्यसमिति (निर्वाचित) २०६१–०६२ – उपाध्यक्ष, ने.वि.संघ केन्द्रीय कार्य समिति २०४८ – सालदेखि हालसम्म क्रियाशील सदस्य, नेपाली काँग्रेस २०७० – समानुपातिक उम्मेदवार संविधानसभा निर्वाचन २०४९ – कोषाध्यक्ष प्रजातन्त्र सेनानी संघ २०६९ – केन्द्रीय सदस्य नेपाल महिला संघ महाधिवेशन प्रतिनिधि क्षेत्र नं. २ प्रदेश सान्सद- (बागमती प्रदेश) मेरो अपिल र विश्वास “आफ्नो विचार समय अनुकुल राख्ने र संकटका बेला निकासको विकल्प दिन सक्ने राजनीतिज्ञ मात्र समाजमा टिक्न सक्नछन्” यस्तै सन्तुलित र प्रभावशाली नेतृत्व अनि कर्मशील सिंगो कार्यसमिति आजको समय र पुस्ताको माग हो । पार्टी भित्र भएका मूल्यावान् शक्तिहरुको अपार भावनालाई एकीकृत गर्दै नैतिकवान् समूहको विवेकपूर्ण ढङ्गले चयन गरौं ।
नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले प्रतिनिधिसभामा उम्मेदवार बन्ने योजना बनाएका थिए । सोही अनुसार उनी प्रतिनिधिसभातर्फ सिफारिसमा पनि परे । यद्यपि गठबन्धनको केन्द्रीय संयन्त्रले कालिकोट नेकपा माओवादी केन्द्रको भागमा पारेपछि उनी ‘ब्याक’ हुनुप¥यो । जबकि उनले गत भदौदेखि नै कालिकोटको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै सार्वजनिक रुपमा प्रचार–प्रसार गर्न थालिसकेका थिए ।
कांग्रेसको सरकार बन्नासाथ स्थायी अर्थमन्त्रीका रुपमा रहँदै आउनुभएका डा रामशरण महत अब संसदमा देखिनु हुने छैन । टिकट नपाएसँगै उहाँको सक्रिय राजनीति अन्त्य जस्तै भएको छ । खुल्ला अर्थतन्त्रका पक्षपाती डा. महतकै अर्थनीतिले स्वास्थ्य, शिक्षा, हवाई यातायात, बैंकिङजस्ता क्षेत्रमा निजी क्षेत्र अभूतपूर्व सहभागिता जनाएको जस पाउँदै आएको छ । त्यसैगरी, अर्थमन्त्री कालमा अत्यन्त कुशल भूमिका निर्वाह गर्नुभएका महेश आचार्यलाई संसदमा प्रवेश गराउन कांग्रेसले आवश्यक ठानेन । कम उमेरमा अर्थमन्त्री हुने मौका पाएका आचार्यलाई अर्थतन्त्र सन्तुलित राख्ने शिल्पी मानिन्छ ।
नेपाली कांग्रेसबाट यस निर्वाचनमा शीर्ष नेता केबी गुरुङ, दमननाथ ढुंगाना, तारानाथ रानाभाट, डा.रामशरण महत, डा. मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव चुनावी मैदानमा हुनुहुन्न । यसैगरी लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा.अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायत पटक पटक केन्द्रीय राजनीतिमा हस्तक्षेप गर्ने कांग्रेस नेताहरु करिब करिब विश्रामको राजनीतिमा पुग्नुभएको छ ।