काठमाडौं । रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेशर र वडा नं ४ प्रितिमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै रामेछापको सम्पुर्ण समस्या समाधान गर्न आफ्नो उम्मेरदवारी रहेको बताएका छन् । रामेछापको समस्यालाई आफुले आफ्नो समस्याको रुपमा लिएर काम गर्ने प्रतिवद्धता जनाउदै मंसिर ४ को निर्वाचनमा आफूलाई निर्वाचित गराउन अनुरोध गरेका छन् ।
रामेछापको उत्तरी भेगको उमाकुण्ड गाउँपालिका बिगत देखि नै सामाजिक बिकास देखि भौतिक विकासमा समेत पछि परेको बताउँदै आफू निर्वाचित भएपछि उमाकुण्डलाई प्राथमिकतामा राखेर विकास गर्ने प्रबद्धता जनाएका छन् । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र नेकपा माओबादी केन्द्रबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ सहितको टोली मंसिर ४ गते हुने निर्वाचनको लागि प्रचार प्रसारमा छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार तारानारायण श्रेष्ठले उमाकुण्ड गाउँपालिकाको सम्पुर्ण भुभागको बारेमा र पालिका विकासमा पछि परेकोमा पुर्ण रुपमा जानकार रहेको बताउदै निर्वाचित भइसकेपछि समृद्ध उमाकुण्ड बनाउने गरि काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ कुशलले आफ्नो भनाई राख्दै २०७४ को निर्वाचनमा माओबादीको बलमा चुनाब जितेको एमाले अहिले राजा ल्याउने एजेण्डा बोकेर हिडेको आरोप लगाउँदै नेकपा एमालेलाई देशैभरीबाट हराउन आम मतदातालाई अनुरोध गरे ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेसका पुर्व पार्टी सभापति एवं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले देशमा भएका ठुलठुला परिवर्तन नेपाली काँग्रेस र नेकपा माओवादीको नेतृत्वमा भएकाले अब देश विकासको लागि पनि गठबन्धन आबश्यक रहेको भनाई राखे । उनले देशको विकास गर्ने शक्ती गठबन्धन भएकाले गठबन्धनका दलहरुलाई जिताउन अनुरोध गरे ।
नेपाली काँग्रेस उमाकुण्ड– ६ गुप्तेश्वरका वडा सभापति सुर्य श्रेष्ठको अध्यक्षता र नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका–४ प्रितिका सभापति अमृत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य लक्ष्मी गुरुङ, प्रदेश सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार उज्वलराम घिमिरे, नेकपा माओबादी केन्द्रबाट समानुपातिकका उम्मेद्वार केशर कुमार कालिकोटे, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरु झपडराज भण्डारी, रत्नहरि ढुंगेल, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य द्वोय उर्मिला कार्की बस्नेत र जित बहादुर कटुवाल, नेकपा माओबादी केन्द्र उमाकुण्ड गाउँ कमिटी अध्यक्ष अनन्त खड्का, रामेछाप नेबिसंघ अध्यक्ष बिनोद बुढाथोकी लगायतले भनाई राखेका थिए ।
शुक्रबार उमाकुण्डको कुबुकास्थली र बाम्तीभण्डारमा कार्यक्रम रहेको नेपाली काँग्रेस रामेछापका सचिब दिपक खड्काले बताए । कार्यक्रम सोमबार देखि सुरु भएको हो ।रामेछापका कांग्रेस नेता घिमिरेको नाम समानुपातीकमा नेपाली कांग्रेसका युवा नेता उज्वलराम घिमिरेको नाम बागमती प्रदेशबाट समानुपातीकमा सिफारीस भएको छ । बिद्यार्थी राजनितिबाट उदाएका नेता घिमिरे बागमती प्रदेशको कार्यसमिती सदस्य समेत हुन् । काठमाण्डौ स्कुल अफ ल को इकाई अध्यक्ष , पुर्वान्चल विश्वविद्यालय समन्वय समितिको अध्यक्ष हुदै नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य भएका घिमिरे हेटौंडामा सम्पन्न १४ औं महाधिबेसन बाट पार्टीको प्रदेश समिति सदस्यमा निर्वाचित भएर प्रदेश समितिमा बसेर समेत काम गरि सकेका छन् ।
घिमिरेले मेरो प्रदेश डटकम संग कुरा गर्दै भने मलाई पार्टिले समानुपातीक तर्फ उम्मेरदवार बनाएको छ सम्पुर्ण जिल्ला र बागमती प्रदेशका नागरिक संग सहयोगको अपेक्षा गरेको गरेको छु । जति धेरै जिल्ला बाट पार्टिमा भोट खस्छ त्यसको आधारमा पार्टिले छनोट गर्ने भएकोले आफुले रामेछाप नागरिक संग सहयोगको ठुलो अपेक्षा गरेको बताए । रामेछापका सत्ता गठबन्धन दलको संयुक्त वडा स्तरीय सभाको चौथो दिन बिहिबार उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेशर र वडा नं ४ प्रितिमा कार्यक्रम सम्पन्न भएको छ ।