Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १ २०७९
  • 4.5K
    SHARES

काठमाडौं । गुल्मीको क्षेत्र नं २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत (समाजवादी) की सचिव रामकुमारी झाँक्री मंसिर ४ गते हुने संघीय निर्वाचनमा प्रतिस्पर्धीका रुपमा आमने-सामने हुँदैछन् । २०७४ सालको निर्वाचनमा एमालेबाट समानुपातिबाट सांसद भएकी झाँक्री अहिले गठबन्धनकोतर्फबाट गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष उम्मेदवार दर्ता गराउनुभएकाे हाे । २०७८ भाद्र २ मा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि झाँक्री समाजवादीमा हुनुहुन्छ । अहिले एमालेले पुन: विष्टलाई नै अगाडि सारेको छ । गठबन्धनकोतर्फबाट झाँक्रीलाई अगाडि सारिएको छ ।

कुनै बेला विष्टका लागि नै मत माग्न हिड्नुभएकी झाँक्री अहिले विष्टको प्रतिस्पर्धी बन्नुभएकाे छ । जसले गर्दा गुल्मी २ को निर्वाचन निकै महत्वका साथ हेरिएको छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउनुभएकी झाँक्री पूर्वमन्त्री समेत हुनुहुन्छ । २०४८ सालमा नेपाली कांग्रेसका रुद्रमणी भण्डारीले जितेबाहेक यो साविकको क्षेत्र नं ३ र हाल क्षेत्र नं २ मा बामपन्थीहरुले जित्दै आएका छन् । विष्ट स्वयम २०५६ सालदेखि यो क्षेत्रमा निर्वाचन लड्दै आउनुभएकाे छ । उहाँलाई २०६४ सालमा माओवादीका चन्द्रबहादुर थापा (सागर) ले पराजित गर्नुभएकाे थियाे ।

अरु सबै निर्वाचन विष्टले जित्नुभएकाे थियाे । २०७४ सालमा बाम गठबन्धन भएकाे समयमा उहाँले १४ हजार भन्दा बढी मत अन्तरले जित्नुभएकाे थियाे । यस पटक पनि विष्टको उम्मेदवारी विगतमा गरेका धेरै कामहरुको निरन्तरताको लागि भएको बताउदै उहाँले भन्नुभयाे– ‘जिल्लाको सम्वृद्धिको लागि जनताको जीवनस्तर उकास्नका निम्ति केही कामहरु हामी प्रयाप्त रुपमा गरेका छौं र बाँकी रहेका कामहरुको निरन्तरताको लागि हाम्रो उम्मेदवारी छ र यो उम्मेदवारी गुल्मी क्षेत्र नं २ का जनताको साझा उम्मेदवारी हो । विभिन्न समयमा गरी करिब साढे ११ वर्ष गुल्मी क्षेत्र नं २ को जनप्रतिनिधि भएर आफूले धेरै कामहरु अगाडि बडाएको विष्टले बताउनुभयाे । अझै पनि शिक्षा, स्वास्थ, खानेपानी र सडक लगायत जनताको जीवनस्तर उकास्नको निम्ति विभिन्न क्षेत्रमा कामहरु गर्ने दृढताका साथ आफ्नो उम्मेदवारी रहेको उहाँकाे तर्क छ ।

झाँक्री गठबन्धनकै भरमा

गुल्मीको क्षेत्र नं २ मा गठबन्धनमा आवद्ध दलहरुमध्ये सबै भन्दा बलियो कांग्रेस रहेकाे छ । साेही क्षेत्रमा गत वैशाखमा स्थानीय तहको निर्वाचनमा समाजवादीको जम्मा ६ सय ५८ मत मात्र रहेपनि गठबन्धनको मत एक ठाउँमा राख्दा करिब १ हजार मतले गठबन्धन अगाडि छ । तर केही दिन अगाडि जिल्ला अध्यक्ष र जिल्ला इन्चार्ज लगायतका नेताहरु एमालेमै फर्किएका छन् । यसले समाजवादीलाई केही असर गर्ने देखिन्छ ।

समाजवादीको मत खासै धेरै नरहेकाले निर्वाचित हुनको लागि कांग्रसकै भर पर्नुपर्ने अथवा गठबन्धनकै सहयोगले आफूले निर्वाचन जित्ने झाँक्रीकाे दावी छ । कांग्रेसका प्रभावशाली नेता डा. दामोदर भुसालको बागी उम्मेदवारीले निर्वाचन जित्न सकस हुने बताईरहँदा साेमबार मात्रै संयुक्त कार्यक्रम मार्फत भुसालले आफ्नो उम्मेदवारी फिर्ता लिएकाले पनि झाँक्रीमा थप आशा पलाएको छ । आफ्नो निर्वाचन क्षेत्रको हरेक ठाउँमा जाँदा सद्भाव पाएकाले आफू उत्साहित देखिएको झाँक्रीले बताउनुभएकाे छ ।

गठबन्धकोतर्फबाट उम्मेदवार रहेका कारण आफू निर्वाचित हुने झाँक्रीकाे भनाइ छ । उहाँले भन्नुभयाे,- ‘हामी इमानका साथ काम गर्ने प्रतिवद्धताका साथ गठबन्धनकोतर्फबाट आएका छौं । मुलत जित्ने आधार भनेकै गठबन्धन हो ।’ निर्वाचन पश्चात पनि आफूहरु गठन्धनमै रहने उहाँले दावी गर्नुभएकाे छ । गत वैसाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा एमालेले ३१ हजार २ सय ५३ मत प्राप्त गर्दा गठबन्धनले ३२ हजार ४ सय २१ मत प्राप्त गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४