Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनेरास्ववियुले सांगठानिक रुपमा देउसी खेल्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३१ २०७९
  • 2.7K
    SHARES

रामेछाप । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियु) मन्थली नगर कमिटीले नजिकिएको तिहारसंगै देउसी÷भैलो सांगाठानिक रुपमा खेल्ने निर्णय गरेको छ । सङ्गठनको निर्णय चन्दा माग्ने भएको भन्दै आलोचना सुरु भएको छ ।

आज सोमबार मन्थली नगर कमिटीको कार्यालयमा बसेको अनेरास्ववियुको बैठकले तिहारमा संस्कृतिलाई जोगाउने भन्दै सांगाठानिक रूपमै देउसी भैलो  खेल्ने निर्णय गरेको एमाले मन्थली नगरपालिकाका सचिव एवं अनेरास्ववियुका जिल्ला इन्चार्ज सागरहरि अधिकारीले जन प्रहार डटकमलाई जानकारी दिएका हुन्  ।

उनले भने ‘हिन्दू धर्मावलम्बीहरूको दोस्रो माहान चाड् तिहारमा संस्कृति जगेर्ना’ गरौँ भन्ने मूल नाराका साथ देउसी भैलो खेल्ने निर्णय गरेका छौं ।

अनेरास्वियुले सांगाठानिक रुपमा देउसी भैलो खेल्ने निर्णय गरेको सुनेको भन्दै मन्थलीका एक व्यवसायीले भने निर्वाचनमा चन्दा माग्ने नयाँ तरिका भएको टिप्पणी गरेका छन् । नाम नखुलाउने सर्तमा उनले भने ‘पहिले पहिले चुनाव आएपछि सिधै चन्दा माग्थे, यो पटक देउसी खेलेर माग्न लागेको देखियो । यो सोःत एमालेलाई चुनावमा चन्दा उठाउने उपाए हो ।

एमाले मन्थली नगरपालिकाका सचिव एवं अनेरास्ववियु जिल्ला इन्चार्ज सागरहरि अधिकारी, अनेरास्ववियु मन्थली नगर काठमाडौँ सम्पर्क मञ्चका सचिव रिसव अधिकारी सङ्गठनका सचिव उत्सव केसी सहित बसेको बैठकले देउसी खेल्ने समिति गठन गर्दै कार्यक्रमको तयारी, व्यवस्थापनको लागि मलिना सुवेदीलाई जिम्मेवारी समेत प्रदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४