Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेरीस डाडाँ बाट रामेछाप गठबन्धनमा एकताको सन्देश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २८ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । काठमाण्डौको कोटेश्वर स्थित पेरिस डाडामा भएको भेलाले रामेछाप गठबन्धनमा एकताको सन्देश दिएको छ ।
यहि असोज २३ गते मनोनयन दाखिला गर्ने दिन नेपाली काग्रेसका केहि महाधिबेशन प्रतिनिधि लगाएतका नेताहरु जिल्लामा नदेखिएपछि,माओवादी र नेकपा एसका नेताहरुले बाँगी उमेद्वारी दर्ता गराएपछि बिपक्षी दलहरुले गठबन्धनमा एकता नभएका कारण आफ्नो जित पक्का भन्ने हल्ला फैलाउदै आएका थिए ।
तर बिहिवार काठमाण्डौमा भएको गठबन्धनको संयुक्त भेलामा काँग्रेसका असन्तुष्ट पक्ष मानिएका सबै नेताहरुको उपस्थिति भएपछि, नेकपा माओवादी केन्द्र र नेकपा एसका उमेद्वारहरुले आफ्नो उमेद्वारी फीर्ता लिएपछि काँग्रेस पार्टिका नेताहरु सहित गठबन्धनले थप एकताको सन्देश देखाएर उनीहरुको हल्लालाई निराधार बाइदिएको हो ।

टिकट वितरणमा अनियमितता भएको भदै प्रदेश सभा (ख) का बागि उम्मेदवार बनेका माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य डिल्लीमान तामाङले जसरी पनि गठवन्धनका उमेद्वारलाई विजय गराउनु पर्ने अवस्था भएकाले आफुले वागी उमेद्वारी फीर्ता लिएको हुदा चुनाव जिताउन तिनै दलले निष्ठापूर्वक भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाले भन्नुभयो– ‘म उमेदवारी फिर्ता लिने मात्र हैन, गठवन्धनका उमेद्वारहरुलाई विजयी गराउनका लागि प्रमुख जिम्मेवारी वहन गर्न पनि सक्रिय भएर लाग्छु ।

नेपाली काँग्रेसका असन्तुष्ट मानिएका अधिकांस नेताहरुले वोल्ने क्रममा टिकट वितरणका बेला पार्टिमा भएका कमीकमजोरीलाई थाति राखेर अवका दिन निर्वाचनमा एक भएर जाने कुरा लाई जोड दिएका थिए । भेलामा काँग्रेसका युवा नेता भरत प्रसाद चौलागाईले गठवन्धन भएपनि निर्वाचन जितिहालिन्छ भनेर ठुक्क भएर बस्न नहुने, बिपक्षी दलको उमेद्वारलाई कमजोर ठान्न नहुने भएकोले काँग्रेस र माओवादीका नेता तथा कार्यकर्ताहरुले इमान्दारीता पुर्बक काम गरी बढि भन्दा बढि भोट गठबन्धनको पक्षमा पार्न आग्रह गर्नुभयो ।

उहाले भन्नुभयो– “निर्वाचन सहज हुदैन सवैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्छ, पार्टि प्रति कसैको असन्तुष्टि भए निर्वाचन पछि त्यसका बारेमा कुरा गरौं अहिले भने सबै कुरा थाति राखेर ३ जना गठबन्धनका उमेद्वार हरुलाई जिताउन लागौं ।”
त्यसैगरी पूर्व पार्टि सभापति रामचन्द्र खड्काले पार्टिले योगदानको आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै टिकट जसले पाएपनि निर्वाचन जिताउनै पर्ने जिम्मेवारी रहेको वताउनु भयो ।

उहाले भन्नुभयो– “ गठवन्धनको तर्फबाट उमेद्वार भएका प्रतिनिधि सभाका कान्छाराम तामाङ र प्रदेश सभाका तारानारायण श्रेष्ठ र युवराज चौलागाईलाई जिताउने जिम्मेवारी हाम्रो काँधमा आएकाले त्यसका लागि आफु पनि क्रियासिल भएर लाग्ने र स्वास्थले साथ दिए सम्मका ठाँउहरुमा आफ्नो उपस्थिति जनाउने बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ , उमेदवारहरु पूर्णवहादुर तामाङ (कान्छाराम) तारानारायण श्रेष्ठ र युवराज चौलागाई, माओवादी नेता धावा लामा समेतले आ –आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४