Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको २४ घण्टे बैठकमा कसरी जुट्यो सहमति ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 6.2K
    SHARES

सभापतिले चाहेकै कतिपय व्यक्तिहरू उम्मेदवार बन्न पाएनन्, शेखर पक्षले चाहेकै जस्तो सूची पनि बनेन । अन्ततः कांग्रेसले समानुपातिकको बन्दसूचीमा सहमति जुटायो ।


काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार बनाएका नामावली ९ असोजमा सार्वजनिक भएसँगै पार्टी भित्रको राजनीति तरंगित भयो । संस्थापनइतरलाई किनारामा पारिएको भन्दै नेता डा शेखर कोइराला पक्ष विरोधमा उत्रियो । खबरदारी, धर्ना हुँदै विरोधकै स्वरुपमा चियापान कार्यक्रम गरेर शेखर पक्ष संस्थापनका विरुद्ध खनियो । उक्त सूची कार्यान्वयन हुने अवस्था बनेको भए शेखर पक्षका एक जना पनि सांसद नहुने भन्दै उक्त पक्षको चरम असन्तुष्टि थियो ।

कोइराला पक्षको प्रतिवादमा उत्रेको संस्थापन पक्षले भन्यो,’अन्तिम सूची नबन्दै अनावश्यक विवाद निकालियो ।’ विवाद बढ्दै गएपछि सभापति शेरबहादुर देउवाले नेता कोइराला, महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डेलाई बोलाएर सूची सच्याउने आश्वासन दिए । पार्टी भित्रको विवाद अन्त्य गरि निकास खोज्न शुक्रबार बिहानदेखि कांग्रेसका शीर्ष नेताहरुको घनिभूत छलफल सुरु भयो ।

शुक्रबार ९ बजे बैठक बोलाइएको बैठकले सहमतिको विन्दु पहिल्याउन सकेन । बैठक पुनः शनिबार विहानका लागि डाकियो ।, शनिबार दिउँसोको बैठकले पनि बन्द सूचीलाई अन्तिम रुप दिन सकेन । शनिबार रातिको बैठक भने निर्णायक रहृयो । प्रधानमन्त्री देउवा निवासमा रातभर बसेर सहमति जुटाउन नेताहरु कस्सिए । कांग्रेसले आज (असोज १६) भित्र बन्द सूचीमा रहेका नाम परिमार्जन गर्नैपर्ने वाध्यता रहेकाले पनि उक्त बैठक निर्णायक बन्यो ।

बैठकलाई निर्णायक बनाउने काममा भूमिकाको हिसाबले दुई महामन्त्रीले योगदान गरे । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विवादलाई साँघुरो बनाउँदै सहमतिमा ल्याउन पहल गरेको सहभागी कांग्रेस स्रोतको दाबी छ । थापा र शर्माकै पहलमा सभापति देउवा र शेखर वीच संवाद गराउने कार्य भयो । उक्त बैठक करिब ४५ मिनेट भएको थियो । देउवा र शेखर बीचको संवादमा महामन्त्रीद्धय थापा र शर्मा सहभागी थिए ।

सभापति देउवा, शेखर र महामन्त्रीद्धयले छलफल गरिरहँदा अर्को तर्फ अन्य नेताहरुको बैठक पनि बसिरहेको थियो । उक्त बैठकमा उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, सहमहामन्त्रीहरु, पार्टी प्रवक्ता डा प्रकाश शरण महत, नेताहरु रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा रामशरण महत लगायत सहभागी थिए । ‘भद्रगोल’ रुपमा रहेका समानुपातिक तर्फको नामलाई छरितो बनाउने काम उक्त बैठकले नै गर्‍यो ।

बैठकबाट निर्णय गर्नै पर्ने दबाबमा कांग्रेस नेताहरू थिए । तर पाका नेताहरुसमेत सामेल बैठकमा अर्काे पनि पिरलो थियो । कतै, पाका उमेरका नेताहरु राति बस्न नसकेर सुत्ने पो हुन् कि भन्ने पिरमा दोस्रो र तेस्रो समूहका नेताहरु थिए । तर, ७० वर्ष कटेका नेताहरु पनि निदाउन तिर भने लागेनन्
सबै नेताहरुको संयुक्त बैठकले अन्तिम नामावली ल्याउनका लागि दुई महामन्त्रीलाई जिम्मेवारी सुम्पियो ।

त्यसबेलासम्म मध्यरात भइसकेको थियो । अन्तिम सूची बनाउने क्रममा दुई महामन्त्रीले नामहरुमा कैची चलाउने तथा थप्ने काम गरे । ‘सभापतिले चाहेकै कतिपय व्यक्तिहरु उम्मेदवार बन्न पाएनन् । शेखर दाइले चाहे जस्तै पनि सूची बन्न सकेन,’ बैठकमा सहभागी एक नेता भन्छन्,’आफ्नै समूहले भने जस्तै बन्नुपर्छ भनी दाबी गरे अनुसारको सूची बनेको छैन । देउवाले राख्न चाहेका नाम हटाउनका लागि उनलाई दुई महामन्त्रीले ‘कन्भिन्स’ गराए ।

प्रधानमन्त्री पत्नी आरजू राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम सूचीबाट हटाउने दुई महामन्त्रीको चाहना थियो । नेताका पत्निका नाम हटाउन विषयमा केही बेर वाद प्रतिवाद भए । अन्ततः मध्यमार्गी बाटो अपनाइयो । समावेशीताको क्लष्टर अनुसार आठौं र नवौं नम्बरमा रहेका राणा र खाँणको नाम पछि सार्न नेताहरु सहमत भए । सहभागी एक नेता भन्छन्, ‘सूची न देउवाले चाहे जस्तो भयो । न शेखरले नै चाहे जस्तो भयो । सबै पक्षले सहज स्विकार्ने गरि सूची बनाउने प्रयास गरिएको छ ।

कांग्रेसले समानुपातिक तर्फ पाउने कुल सांसदमा एक तिहाइ आसपास शेखर पक्षबाट हुने गरि सहमति जुटेको छ । अघिल्लो बन्द सूचीलाई अन्तिम मानिएको भए शेखर पक्षका एक जना पनि उम्मेदवार नहुने भन्दै उक्त पक्षको असन्तुष्टि थियो । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनुपर्नेमा कांग्रेस १०९ जनाको सूची निर्वाचनमा आयोगमा बुझाएको थियो । ती मध्ये १३ जनामात्रै कोइराला पक्षका थिए । उनीहरुलाई पनि सूचीको अन्तिमतिर समेटिएको थियो ।

सूची अन्तिम नै नभएको जानकारी हुँदाहुँदै पनि शेखर पक्ष विरोधमा उत्रेको भन्दै संस्थापन पक्षले बैठकमा असन्तुष्टि व्यक्त गरेको थियो । अर्कोतर्फ, शेखर पक्षले सम्मानजनक हैसियतको वकालत गरेको थियो । संस्थापन पक्षले बैठकमा उठाएको विषयबारे सहभागी एक नेताले भने,’फाइनल भनि आयोगलाई सूची बुझाइएकै थिएन भने अनावश्यक विवाद किन निकालियो?’ उनका अनुसार नयाँ बन्द सूचीले पार्टीभित्रको मतभेद धेरै हदमा हट्ने अवस्था बनेको छ ।

बैठकबाट निर्णय गर्नै पर्ने दबाबमा कांग्रेस नेताहरू थिए । तर पाका नेताहरुसमेत सामेल बैठकमा अर्काे पनि पिरलो थियो । कतै, पाका उमेरका नेताहरु राति बस्न नसकेर सुत्ने पो हुन् कि भन्ने पिरमा दोस्रो र तेस्रो समूहका नेताहरु थिए । तर, ७० वर्ष कटेका नेताहरु पनि निदाउन तिर भने लागेनन् । ‘रामचन्द्र दाइ, प्रधानमन्त्री, कृष्ण दाइ निदाएर बैठकमा असर हुन्छ कि भन्ने परेको थियो । पाका नेताहरुले नसुतिकन रातै कटाए,’ बैठकमा सहभागी एक नेताले भने ।

शीर्ष तहका दर्जन बढी नेताहरु रातभर खटेपछि बिहानी प्रहरमा सहमति जुटेको थियो । पार्टी कार्यालयको तर्फबाट मुख्य सचिव र सचिवलाई संशोधित सूची बुझाउने जिम्मेवारी दिएर बैठक टुंगियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४