काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
आज बिहान काठमाडौंको चाबहिलमा आयोजित एक कार्यक्रममा थापाले पार्टी भित्र नयाँ संघर्षको बोध हुन लागेको बताए । आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको भन्दै उनले कार्यकर्ताहरुलाई निराश नबनाउने बताएका छन् ।
अहिले पूरा प्रणाली नै चुनावदेखि चुनावका लागि भएको उनले टिप्पणी गरेका छन् ।युवाले रोजगारी पाउने नेपालको लागि मुख्य मुद्दा भएको भन्दै उनले नेपालमा उत्पादित वस्तुले बजार पाउने अवस्था बन्यो भने मात्रै १० वर्षमा १० लाखले रोजगारी पाउने उनले बताए ।