Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘मिलन’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १२ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । चलचित्र ‘मिलन’को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतको क्लिप टिकटकमा अपलोड गर्नेहरूलाई भ्युजको आधारमा उत्कृष्ट ५ छनोट गरेर क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गर्न लागेको चलचित्र निर्माण टिमले बताएको छ । साथै, उक्त गीतमा टिकटक बनाउनेमध्ये उत्कृष्ट एकले १० हजार पुरस्कार पनि प्राप्त गर्नेछन् ।

टिकटक बनाउनेहरूको भ्युजको आधार नभएर क्रिएटिभको आधारमा टिकटकलाई स्थान दिइने छ । निर्माण टिमले छनोटमा परेका १० टिकटकमध्ये पहिलोलाई १० हजार र क्रमशः ९, ८, ७, ६, ५ गर्दै १ हजारसम्म दिने छ । असोज १० गतेदेखि असोज २० गतेसम्म आफ्नो टिकटक भिडियो फिल्मको फेसबुक पेजमा पठाउनुपर्नेछ ।

कात्तिक १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको उक्त गीत राजु सेन्चुरीको शब्द रचना तथा संगीत रहेको छ भने प्रविशा अधिकारी र कौशलराज खड्काको स्वर रहेको छ ।

चलचित्रमा कुशल शाह, शिल्पा थापा, सलोन बस्नेत, शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतको पनि अभिनय रहेको छ ।

चलचित्रको निर्देशन र कथा लेखन टेक पौरखी राईले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४