Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं ९ मा एमालेको उम्मेदवार को ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १२ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नं. ९ लाई आफ्नो जित सुनिश्चित भएको क्षेत्रमा राखेको छ । गत स्थानीय तहको चुनावमा अन्य पार्टीभन्दा बलियो देखिएकाले पनि एमाले यस्तो दाबी गर्नु स्वाभाविक देखिन्छ ।

तर यो क्षेत्रमा टिकट कसलाई दिने भनेर टुंग्याउन भने एमालेलाई मुस्किल परेको छ । एमालेको क्षेत्रीय कमिटीबाट स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्या सुन्दर शाक्य र प्रदेशसभा सांसद अजयक्रान्ति शाक्यको नाम सिफारिस भएको छ ।

तिनै जना चुनावी अभियानमा छन् । तिनै जना आफूले टिकट पाउनेमा ढुक्क रहेको भनी मतदातालाई भनिरहेका छन् ।

कृष्णगोपाल श्रेष्ठ घर–घर डुलेर चुनावी चर्चा गर्दै आफूलाई भोट दिन भनिरहेका छन् । ‘काठमाडौंमा मलाई समस्या छैन’ श्रेष्ठको सटिक जवाफ छ ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य पनि मतदाताहरुसँग भेटघाटमै छन् । अजयक्रान्ति शाक्य पनि यसपटक प्रत्यक्षमा लड्ने योजनासहित मतदाताकहाँ पुग्ने र शीर्ष नेताहरुसँग टिकटका लागि संघर्ष गर्ने काममा खटिएका छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । २२ हजार ८५२ मत ल्याएर श्रेष्ठ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ र विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले ४ हजार ९४६ मत पाएका थिए ।

आगामी ४ मंसिरको चुनावमा कांग्रेसबाट फेरि ध्यानगोविन्द नै उम्मेदवार हुन चाहेका छन् । कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठकले उनको नाम प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा सिफारिस पनि गरेको छ । तर, पाँचदलीय भागबण्डामा माओवादीले हितमान शाक्यका लागि यो क्षेत्रमा दाबी गरेको छ ।

सत्ता गठबनधनमा माओवादीले यो क्षेत्र पाए चुनाव जित्न सहज हुने एमाले नेताहरुको अनुमान छ । यसकारण पनि नेताहरु टिकटका लागि तीव्र लबिइङमा देखिन्छन् । पूर्वमन्त्री समेत रहेका श्रेष्ठले यो आफ्ना लागि अन्तिम पटक भएको भन्दै दाबी छाड्न शाक्यद्वयलाई आग्रह गरेका छन् ।

अघिल्लो पटक प्रदेशसभा सदस्य रहेका अजयक्रान्ति र काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर भने त्यसका लागि तयार छैनन् । पूर्वमेयर शाक्य भन्छन्, ‘पार्टीले योग्य सम्झिएर टिकट दियो भने चुनाव लड्न तयार छु । त्यसका लागि योग्य पनि छु ।’

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरका प्रमुख र नगरपालिकाका वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस र एमालेबीच एक हजारभन्दा कम मात्रै मतान्तर देखिन्छ ।

निर्वाचन क्षेत्र नं. ९ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १२, १४, २१ र २२ पर्दछ । चन्द्रागिरि नगरपालिकाका वडा नं. १, १२, १३, १४ र १५, नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडा पनि निर्वाचन क्षेत्र नं. ९ मै पर्दछन् । यो निर्वाचन क्षेत्रमा १९ हजार ९१६ मतसहित कांग्रेस पहिलो हुँदा एमालेको पक्षमा १९ हजार २८२ मत खसेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४