Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संवैधानिक दायित्वबाट विचलित नहुन राष्ट्रपतिलाई प्रेस युनियनको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ५ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । नेपाल प्रेस युनियनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संवैधानिक दायित्वबाट विचलित नहुन आग्रह गरेको छ ।

नेपालको संविधान २०७२ले दिएको जिम्मेवारी प्रतिकूल हुने गरी राष्ट्रपतिले संसदले पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि युनियनले राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो ।

नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले बुधबार विज्ञप्ति प्रकाशित गरी सविधानको भावना र मर्मलाई पालना गर्दै संवैधानिक सर्वोच्चता कायम गरी राष्ट्रपति जस्तो संस्थाको गरिमा बचाई मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन अपील गरेका हुन् ।

‘नागरिकता विधेयक’ राजनीतिक विषय भए पनि विधेयक प्रमाणीकरण संवैधानिक जिम्मेवारी भएकोसमेत युनियनले बताएको छ ।

युनियनका महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रपति संविधानको संरक्षक हो । संविधान पालना गर्नु गराउनु उहाँको प्रमुख दायीत्व हो ।’ दलहरूका वीचमा केही राजनीतिक असहमतिहरू भए दलहरूले नै संवादबाट समाधान गर्न आग्रह गर्दे राजनीतिक विषयमा राष्ट्रपति जस्तो सम्मानित नपार्न भनेको छ ।
संसदले दोस्रो पटक पठाएको विधेयक राष्ट्रपतिबाट तोकिएको समय सीमा भित्र प्रमाणीकरण नगरेपछि राष्ट्रपति र सत्ताधारी राजनीतिक दलबीचद्वन्द्व सृजना भएको युनियनले जनाएको छ ।

संसदले पठाएको विधेयकलाई राष्ट्रपतिले रोक्ने अधिकार संविधानले नदिएको बताउँदै संविधानको संरक्षक राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायित्वबाट विचलित भएको युनियनले जनाएको छ ।

हेर्नुस् विज्ञप्ति

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४