Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

४१ ठूला करदातालाई १० दिनभित्र राजस्व तिर्न काठमाडौं महानगरको पत्र


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ५ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले जय नेपाल हलसहित ४१ वटा कम्प्लेक्स तथा सपिङ सेन्टर, मल तथा व्यवसायिक भवनहरुलाई १० दिनभित्र घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न पत्र काटेको छ ।

रेडक्रम र स्काउटदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मलसम्मलाई एकसाथ पत्र काट्दै १० दिनभित्र कर बुझाउन निर्देशन दिएकाे हाे । १० दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकी सरह असुल उपर गरिने सूचनामा उल्लेख छ ।

महानगरले यस्ता कम्प्लेक्सहरुको भाडाबापत लिनेदिने बीचको सम्झौता बमोजिम लाग्ने १० प्रतिशतको बहाल करसमेत तोकिएको मिति भित्रै बुझाउन निर्देशन दिएकाे छ । यस्तो व्यवसायिक भवनहरुमा जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्स्योरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, ल्याण्डमार्क होटल, ओम सान इन्टरनेशनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सिभिल महल, सिटिसि मल लगायत एनआरटी क्लब समेत परेका छन् ।

यस्तै, भिजि अटोमोबाइल्स प्रा.लि. आदर्श नगर बिजनेस प्रा.लि., रञ्जना ट्रेड सेन्टर, नेपाल स्काउट, नेपाल सेन्टर फर डेभलपमेन्ट एण्ड पोलीसी स्टडीज प्रा.लि. नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेसन प्रा.लि, स्टार होल्डिङ, पुण्य मेन्सन प्रा.लि. रिद्धिसिद्धि डेभलपर्स, वरुण वेभरेज नेपाल परेको छ ।

यस्तै बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट,काठमाडौं ईन्जिनियरिङ्ग कलेज, नेपाल रेडक्रस सोसाइटी, ब्लू बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कूल, एडभान्स अटोमोबाइल्सको नाम सार्वजनिक भएको छ ।

महानगरका अनुसार रवीन्द्रबहादर मल्ल, सुभाषकुमार घिमिरे/सानुभाइ बखुन्छे, मसिना अमात्य, रविना श्रेष्ठ, शिशु अर्याल, यागनाथ पौडेल, प्रदीपरत्न ताम्राकार/विजयरत्न ताम्राकार, बसुन्धरा तुलाधर, पुरुषेत्तम संघइ र किरण संघलाई पनि कर तिर्नका लागि महानगरपालिकाले आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४