Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोस्रो बच्चा पनि सिजेरियनबाट जन्माउँदा के हुन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३ २०७९
  • 4.2K
    SHARES

अहिले सिजेरियन डेलिभरीको प्रचलन बढ्दो छ । विभिन्न कारणले दम्पतीहरु यसतर्फ आकर्षित भएका छन् । एक त यसरी बच्चा जन्माउँदा प्रसव पीडा कम हुने उनीहरूको बुझाइ छ । यसैगरी अहिले बच्चालाई तिथि, मिति हेराएर जन्माउने प्रवृत्ति छ ।

आफूले चाहेको तिथि, मितिमा जन्माउन पनि सिजेरियन गरिएको पाइन्छ ।

दोस्रो बच्चा पाँच वर्षपछि

पहिलो पटक सिजेरियनबाट बच्चा जन्माएकाले दोस्रो बच्चाको योजना पाँच वर्षपछि गर्नु उचित हुन्छ । पहिलो पटक सिजेरियन गरेको घाउ पूर्ण रूपमा निको हुन पाँच वर्ष लाग्छ । यो अवधिमा पहिलो बच्चा पनि हुर्किसकेको हुन्छ । त्यसैले दोस्रो बच्चाको योजना पाँच वर्षपछि बनाउनुपर्छ ।

दोस्रो पटक पनि सिजेरियन ?

पहिलो बच्चा सिजेरियनबाट जन्मेको छ र केही कारणबस दोस्रो बच्चा पनि सिजेरियन गर्नुपरेमा त्यसको गम्भीर समस्या त केही देखिंदैन । तर पहिलो बच्चा सिजेरियन गर्दा पेटमा घाउ हुन्छ, दोस्रो बच्चा जन्माउँदा पनि घाउ बनाउने भएकाले केही सामान्य समस्या भने देखिन सक्छ ।

दोस्रो पटक सामान्य पनि हुनसक्छ

पहिलो पटक सिजेरियन डेलिभरी भएकोले दोस्रो पटक नर्मल डेलिभरी गराउन मिल्छ, तर पहिलो पटक के कारणले सिजेरियन गरेको हो त्यसमा भर पर्छ । डेलिभरीको समयमा बच्चालाई सास फेर्न गाह्रो भयो, बच्चाले पेटमा दिसा गरेको अवस्थामा सिजेरियन गरिएको हो भने दोस्रो बच्चा नर्मल डेलिभरीबाट पनि हुन सक्छ । पहिलोपटक पाठेघरको मुख नै नखुलेर सिजेरियन गरेको हो भने दोस्रो पटक पनि सिजेरियन नै गर्नुपर्छ ।

पहिलो डेलिभरीको समयमा औषधि दिएर ‘लेबर पेन’ गराउन मिल्छ, दोस्रोमा मिल्दैन । दोस्रो बच्चाको पालीमा आफैं ‘लेबर पेन’ भयो भने नर्मल डेलिभरी गराउन सकिन्छ । तर औषधि दिएर पेन गराउन मिल्दैन ।

तेस्रो पटक गर्भ रहे के गर्ने ?

दुई पटकसम्म सिजेरियन गरिएको छ तेस्रो पटक पुनः गर्भ रहन गयो भने बच्चालाई केही समस्या हुँदैन । बच्चा गर्भमा हुने बेलासम्म त आमालाई पनि खासै समस्या हुँदैन । तर डेलिभरीको समयमा भने समस्या हुन सक्छ । समय अगावै बच्चा जन्मिने समस्या पनि हुन सक्छ ।

दुई–तीन पटकसम्म पेटमा घाउ बनाउँदा त्यो घाउ छुट्न सक्ने, घाउमा साल अड्किन सक्ने जस्ता समस्या हुन सक्छ । कहिलेकाहीं गर्भपतन हुन सक्ने, समयभन्दा अगावै डेलिभरी पनि हुन सक्छ ।

घाउ निको हुन एक वर्ष लाग्छ

सिजेरियन डेलिभरी होस् वा नर्मल डेलिभरी पाठेघरलाई आफ्नो नर्मल साइजमा आउन ४५ दिन लाग्छ । तर सिजेरियन डेलिभरीमा भने ४५ दिनमा घाउ आलै हुने भएकाले घाउ निको हुन अलि बढी दिन लाग्न सक्छ । सिजेरियनको भित्री घाउ निको हुन एक वर्ष लाग्छ ।

सिजेरियनमा दीर्घकालीन जोखिम

सिजेरियन डेलिभरी गरेकाले सुत्केरीमा राम्ररी हेरचाह पाएको छ भने दीर्घकालीन रूपमा कुनै समस्या हुँदैन । घाउलाई निको हुन समय लाग्ने भएकाले आराम गर्नुपर्‍यो । सुत्केरी अवस्थामा धेरै गह्रुंगो सामान उचाल्न हुँदैन । धेरै भारी चीज उचाल्दा हर्नियाँ हुने सम्भावना हुन्छ । त्यसैले नर्मलको तुलनामा सिजेरियनमा धेरै हेरचाह गर्नुपर्छ ।

सामान्य अवस्थामा सिजेरियन गर्नुपर्छ ?

बच्चा जन्माउँदा प्रसव पीडा कम होस् भनेर सामान्य अवस्थामा पनि सिजेरियन गर्नेको संख्या बढ्दो छ । बच्चालाई तिथि, मिति हेराएर जन्माउन चाहने अभिभावकले सिजेरियन डेलिभरी गर्न चाहन्छन् । तर हामी भने नर्मल डेलिभरी गर्ने नै सल्लाह दिन्छौं । किनकि नर्मल हुने कुरालाई नर्मल नै गर्नु राम्रो हुन्छ । सिजेरियन गर्दा केही न केही समस्या त भोग्नै पर्छ ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. झासँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४