Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टुकुचा खोल्ने अभियान रोकिंदैन : महानगर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २ २०७९
  • 6.7K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिका-१ नम्बर वडाको जय नेपाल हलको कम्पाउण्डमा विहीबार महानगरले टुकुचा खोला उत्खनन गर्‍यो । दशकौंअघि भूमिगत गरिएको जयनेपाल हल क्षेत्र टुकुचा भेटिएपछि उत्साहित महानगरले आइतबारसम्म भूमिगत भएको ४ स्थानमा उत्खनन गरिसकेको छ । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको छेउमा टुकुचा उत्खनन गरेको महानगरले आइतबार पनि निरन्तर खनिरह्यो । हात्तीसारको सिद्धार्थ बैंकको पछाडि पार्किङ क्षेत्र र पुतलीसडकमा रहेको काठमाडौं प्लाजा छेउमा टुकुचा उत्खनन गरेको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार टुकुचा भूमिगत भएको क्षेत्रको सुरुवात विन्दु नारायणहिटी दरबारको दक्षिणतर्फको कम्पाउण्ड (जयनेपाल हल अगाडि) र अन्तिम विन्दु पुतलीसडकको काठमाडौं प्लाजाको छेउ हो । महानगरले टुकुचा भूमिगत भएको सुरुवाती बिन्दु र अन्तिम बिन्दु उत्खनन गरिसकेको छ । यस्तै बीचको दुई स्थानमा पनि खोला देखिने गरी उत्खनन गरेको छ । टुकुचा कहिले भूमिगत भयो भन्ने एकिन तथ्यांक अहिलेसम्म सरकारले भेटेको छैन ।

तर राणाकालीन समयमा भूमिगत गरेको देखिने टुकुचा खोला ईँटाबाट गुम्बज आकारको ढल बनाएर बगाइएको देखिन्छ ।

अदालतको आदेश

यसैबीच उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो । काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ ।

अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । प्रक्रियाबमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिस्ट्रार कट्टेलले जानकारी दिए ।

हामी रोकिंदैनौं :  महानगर

काठमाडौं महानगरपालिकाले टुकुचाको खोल्ने कुरामा अडिग रहेको बताएको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन)को सचिवालयका सुनिल लम्सालका अनुसार टुकुचा खोल्ने अभियान निरन्तर चल्ने भएको हो । उनका अनुसार यसमा पुरातत्व विभागले पनि चासो दिएको भन्ने सुनेपनि  आधिकारिक जानकारी नआएको पनि बताएका छन् । अहिले हामीले खोलिरहेको खोला हो । जसले चासो देखाएता पनि हामीसँग कारण छ । टुकुचा रोकिँदा महानगरमा परेको असर, प्रभावबारे हामीसँग तथ्यांक छ, योजना छ । हामी रोकिँदैनौं, जन प्रहारलाई लम्सालले भने ।

टुकुचाले गर्दा महानगरका १ नम्बर वडा, ४ नम्बर वडा र २ नम्बर वडामा वर्षेनी डुबानमा पर्ने गरेको उनको तर्क छ । खोलालाई नरोकी आफ्नै लयमा बग्न दिनुपर्ने महानगरको ठम्याइ रहेको छ । त्यहीअनुसार महानगरले निरन्तर उत्खनन गर्ने लम्सालको भनाइ छ ।

अदालतको अन्तरकालीन आदेशको विषयमा बोल्दै उनले न्यायालयको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।  ‘हामीले अहिले सिधै गएर घर भत्काएका छैनौं, आधिकारिक रुपमा अदालत र पुरातत्व विभाग अहिलेसम्म केही जानकारी आएको भने छैन,’ उनले भने । १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना दिएको थियो । सूचनाको म्याद सकिनासाथ महानगरले सूचना अनुसार काम थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४