Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डको अराजक एवं हिन्दू विरोधी टिप्पणी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २ २०७९
  • 16.8K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दु धर्मलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको छ ।

उनले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर समग्र हिन्दु धर्म प्रति आस्थावान नेपाली जनमानसको भावनालाई उपहास गरेका छन । हजारौं नेपालीको हत्या आरोपित माओवादी अध्यक्ष प्रचण्डले हरेक व्यक्तिमा बाहिर एउटा भित्र अर्कै कुरा हुने गरेको भन्दै सम्पूर्ण समाजको चरित्र माथि प्रश्नचिह्न लगाएका छन । माओवादी अध्यक्ष प्रचण्डले हिन्दुत्व सुविचार “सन्तोषं परम् सुखं“ अर्थात मानिसलाई सन्तोष लिन सिकाउने कुराले समाज विकासमा अवरोध गरेको बताएर सन्तोषी हुनुपर्ने सामाजिक आधारलाई भत्काएर उत्तेजना फैलाई देशलाई फेरी द्वन्द्वतिर उन्मुख हुन दुरुत्साहित समेत गरेका छन । हिन्दु धार्मिक आस्था अनुसार सृष्टिमा जीवनको उत्पत्तिबारे स्थापित दशावतारको मान्यतालाई खण्डित हुनेगरी बामपन्थी चिन्तक माक्र्सलाई जीवन विकासको अवधारणाबारे पहिलो दार्शनिक बताएर सनातन सांस्कृतिक आस्थालाई आघात पुर्याएको छ ।

यसैगरि नेपालको साहित्यिक जगतका सुप्रसिद्ध नाटककार बालकृष्ण समबारे कटाक्ष गर्दै ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांशका कारण देश र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताएर ऐतिहासिक भाषा–साहित्य बारे निकृष्ट टिप्पणी गरेका छन ।

कथित राजनेता द्वारा पटक–पटक हिन्दू विरोधी वक्तव्य दिईनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको छ । त्यस्ता धर्म संस्कृति विरोधी तत्वहरुलाई साथ दिने जुनसुकै राजनैतिक दलको राजनैतिक अस्तित्व समेत समाप्त पार्न हिन्दू समाज एवं विश्व हिन्दू परिषद नेपाल लगयातका हिन्दू संगठनरू पछि पर्ने छैनन् । नेपालको मौलिक धर्म संस्कृति विरुद्ध चौतर्फी आक्रमण भैरहेको वर्तमान परिस्थितिमा हिन्दू समाज संगठित हुनुको विकल्प छैन । हामी समय मै सावधान भएनौ भने परिस्थिति झन प्रतिकुल हुने निश्चित छ । हाम्रा बिच सक्रिय रहेका असामाजिक हिन्दू विरोधी तत्वहरुको समय मै पहिचान गरी पूर्ण बहिष्कार गर्न सम्पुर्णलाई विश्व हिन्दू परिषद नेपाल हार्दिक अपिल गर्दछ । साथै धार्मिक, सांस्कृतिक र संवैधानिक मर्यादालाई आघात गरेर सामाजिक सद्भाव माथि कुठाराघात हुने प्रयास प्रति सचेत रहन तथा आवश्यक कारवाही हुन सम्बन्धित सबै पक्षसँग समेत अनुरोध गर्दछौँ ।

जय श्रीराम । नेपाल आमाको जय ।।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४