Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“दलहरू समानुपातिक सूची तयार पार्ने चटारोमा” शीर्ष तीन पार्टीले बोलाए आफ्नो पार्टीको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २ २०७९
  • 5.5K
    SHARES

काठमाडौँ । शीर्ष तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ-आफ्नो पार्टीको बैठक बोलाएका छन् । निर्वाचन प्रक्रियाअनुसार भोलिसम्ममा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएपछि छलफलको लागि बैठक बोलाइएको हो ।

एमालेले बिहान ११ बजे बस्ने गरी सचिवालयको बैठक बोलाएको छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको एक उच्च नेताले जानकारी दिएका हुन् ।

शनिबारको बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो ।

आज र भोलि समानुपातिकको बन्दसूची बुझाउने दिन

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि समानुपातिक उम्मेदवार टुङ्ग्याउन संसदीय समिति बैठक बोलाएको हो । केही बेरमा शुरुहुने बैठकले सहमहामन्त्रीहरुले क्लस्टरिङ गरेका नामहरूबाट अन्तिम सूची बनाउने बताइएको छ । कांग्रेसले आठजना सहमहामन्त्रीहरुलाई कस्टरिङअनुसार समानुपातिक उम्मेदवारको सूची बनाउने जिम्मा दिएको थियो ।

कांग्रेस संसदीय समितिमा पदाधिकारीहरूसँगै नेता रामचन्द्र पौडेल पनि रहेका छन् । समितिको बैठक हिजो पनि बसेको थियो ।

यस्तै समानुपातिक तर्फको उम्मेदवार टुङ्ग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक अहिले केही बेरपछि बस्ने भएको हो ।

स्थानीय पार्टी कमिटी हुँदै जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामावलीबाट अन्तिम नामावली टुङ्गाउने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सातवटै प्रदेश कमिटीले नाम सिफारिस गरी पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४