Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवा र चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुबीच आज भेटवार्ता हुँदै चान्सुले आजै ओली र प्रचण्डसँग पनि छुट्टाछुट्टै भेट्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २८ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

उहाँले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम समेत रहेकाे छ । उहाँले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेकाे छ ।

लिले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्नुहुनेछ । यसअघि साेमबार उहाँले सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । वार्तापछि सभामुख सापकोटाले लिको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो । यसैबीच, लीको सुरक्षाका लागि भन्दै कठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको छ ।

जसका कारण उपत्यकाका ३ वटै जिल्लामा ट्राफिक ब्यवस्थामा समेत समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४