Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महेश बस्नेतसँग भिड्न माओवादीले पठायो वाईसीएल इञ्चार्ज


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २० २०७९
  • 2.8K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्र भक्तपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर–२ मा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको छ ।

यो नेकपा एमालेका नेता महेश बस्नेतको क्षेत्र हो । एमालेनिकट युवा संघको पूर्व अध्यक्ष समेत रहेका बस्नेतले यो क्षेत्रमा चुनाव जित्दै आएका छन् ।

भक्तपुर–१ बाट सुरेश न्यौपानेलाई एकल रुपमा सिफारिस गरेको छ ।

माओवादी केन्द्र भक्तपुर जिल्ला समन्वय समितिका संयोजक सुनिल गोठेका अनुसार प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ मा सुनिल गोठे र प्रतिनिधिसभा २ को ख मा दिलीपकुमार प्रजापति सिफारिस भएका छन् ।

बाँकी रहेका प्रदेशसभामा धेरै दावेदार रहेकाले सहमतिमै एकल उम्मेदवार सिफारिस गर्ने प्रयास भइरहेको गोठेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४