Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेले प्रस्ताव गर्‍याे उम्मेदवार छनौटका आधार, गठबन्धनका लागि ढाेका बन्द नगर्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ७ २०७९
  • 4.1K
    SHARES

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आसन्न निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड प्रस्ताव गरेको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार छनौटको मापदण्ड प्रस्ताव गरेको र प्रस्तावमाथि सबैको सुझाव लिएर केन्द्रीय कमिटी बैठकमा पेस गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै एमालेले एकल बहुमतको सरकार बनाउने घोषणासहित पार्टीले चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ ।

एमालेको चुनावी अभियानको रणनीति, गठबन्धन सरकारले गरेको गलत काम, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई अध्यक्ष केपी ओलीले भदौ १० गतेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने गुरुङले बताए । बैठकमा राजनीतिक प्रतिवेदनका बारेमा अध्यक्ष ओलीले सुझाव लिएका थिए ।

उनले गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर एमाले नबसेको भन्दै एमालेसँग गठबन्धन गर्न चाहनेलाई ढोका खुल्लै रहेको जिकिर गरे । बैठकले यसअघि सचिवालय बैठकहरूले गरेका निर्णयलाई अनुमोदन गरेको उनले बताए ।

त्यस्तै बैठकमा स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि अनुमोदनका बारेमा जानकारी गराइएको छ भने पार्टीको वार्षिक बजेट पारित गरिएको गुरुङले बताए ।

बैठकले विभिन्न दल परित्याग गरी एमाले प्रवेश गरेका केही नेताहरूलाई एमालेको केन्द्रीय कमिटीमा मनोनित गरिएको उनले जानकारी दिए । एमालेको पोलिट्व्युरो बैठक भाद्र ९ गते र केन्द्रीय कमिटी बैठक १० र ११ गते बस्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४