Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्यालयको आंगन विच वाट नै बाटो खनेपछी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ८ २०७६
  • 4K
    SHARES

हाम्रो “सत्य तथ्य सन्तुलित र  निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !

 

सल्यान — तुलसीपुर-कालीमाटी हुँदै सुर्खेत जोड्ने सडक निर्माणका क्रममा विद्यालयको बीच भागबाटै खनिएको छ । योसँगै विद्यालय भवन उच्च जोखिममा परेको छ । कालीमाटी गाउँपालिका ४, धामस्थित जनसेवा माविको बीच आँगनबाटै सडक खनिएको हो । कालिका कन्स्ट्रक्सनले विद्यालय बीचबाटै सडक खनेपछि पठनपाठन प्रभावित भएको छ । दैनिक चल्ने गाडीका कारण पठनपाठन प्रभावित भएको प्रधानाध्यापक डम्मरबहादुर थापा बताउँछन् । उनका अनुसार धूलोले सबैको स्वास्थ्यमा असर पारेको छ ।

 

‘गाडीको आवाजले बालबालिकाको ध्यान अन्यत्र मोडिने गरेको छ,’ उनले भने, ‘ठूला गाडी आउजाउ गर्दा भवन पनि जोखिममा परेको छ ।’

 

विद्यालयको चौरको बीचबाटै १० मिटरको सडक खनिएको प्रधानाध्यापक थापाको भनाइ छ । ‘हामीले विद्यालय हाताभित्रबाट सडक खन्न दिएका थिएनौं,’ उनले भने, ‘ठेकेदारले आफ्नो सजिलोका लागि जबरजस्ती खने ।’

 

उनले विद्यालय भवन भत्काएर भए पनि सडक खन्न दबाब दिइएको गुनासो गरे । उनका अनुसार अभिभावकले समेत सडक खन्न नदिन बिरोध गरेका थिए ।

 

४ सय ५० विद्यार्थी अध्ययनरत विद्यालयमा ६ भवन छन् । नियमित मालबाहक तथा यात्रुबाहक ठूला गाडीका कारण जमिन थर्कदा भवन जोखिममा परेको विद्यालयका लेखापाल ईश्वरी भट्टराई बताउँछन् । सडकको तल्लो र माथिल्लो दुवै भागमा विद्यालय भवन छन् ।

 

विद्यालयदेखि करिव ५ सय मिटर टाढाको खोलामा रहेको पक्की पुल माथिबाट हुँदै सडक निर्माण गर्न ठेकेदार कम्पनीलाई अनुरोध गरिएको भट्टराईले जनाए । वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेलबहादुर चन्दले विद्यालयलाई विभिन्न

जोखिमबाट बचाउन ठेकेदार कम्पनी र कालीमाटी गाउँपालिकासँग छलफल भइरहेको बताए ।

 

उनले विद्यालयको बीच भागबाटै खनिएको सडकका कारण बालबालिका समस्यामा परेको स्वीकारे । उनका अनुसार विद्यालयको हाताभन्दा बाहिर पर्ने पुलको माथिल्लो भागबाट सडक खोल्नेगरी आवश्यक प्रक्रिया सुरु गरिएको छ । उनले सम्बन्धित निकायलाई नयाँ सर्भे गर्न आग्रह गरिएको बताए ।

 

तुलसीपुरबाट कोहलपुर हुँदै सुर्खेत जाने अहिलेको सडक लामो भएकाले दूरी कम गर्न सडक डिभिजन कार्यालय, दाङले निर्माण थालेको हो । तुलसीपुर-कोहलपुर हुँदै सुर्खेत जानुभन्दा तुलसीपुर-कालीमाटी-बोटेचौर भएर जाँदा ५२ किमि फरक पर्ने कार्यालयकी इन्जिनियर क्षितिज पोखरेल बताउँछिन् ।

 

सुर्खेत क्षेत्रको काम पूरा भइसकेको उनको भनाइ छ । उनका अनुसार तुलसीपुर-कालीमाटी र सुर्खेतको सीमासम्म ५० प्रतिशत काम पूरा भएको छ । २०७२ देखि सञ्चालित सडक आयोजनाका लागि डिभिजन कार्यालयले ७९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।

ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४