कैलाली । कैलालीमा सडकमा छोडिएको गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार धनगढी-१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१०११प ३८१६ नंको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस