Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सवारी लाइसेन्सको नक्कली प्रवेशपत्र बनाउने सशस्त्रका जवान पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ६ २०७९
  • 3K
    SHARES

सुर्खेत । सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को नक्कली प्रवेश पत्र बनाएको आरोपमा सशस्त्रका एक जना जवान पक्राउ परेका छन् । प्रहरीले सोमबार दिउँसो दुई बजेको समयमा सशस्त्रका एक जना जवानलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–४ घर भई हाल सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत ३० वर्षीय सशस्त्र प्रहरी जवान भक्तबहादुर शाही रहेका छन् ।

उनले वीरेन्द्रनगर नगरपालिका–७ मा रहेको यातायात व्यवस्था कार्यालय सुर्खेतमा साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षाका लागि नक्कली प्रवेश पत्र बनाएका थिए ।

सशस्त्र जवान भक्तबहादुरले बनाएको लिखित र मौखिक प्रवेश पत्रमा यातायात व्यवस्था कार्यालय सुर्खेतका २ जना कर्मचारीहरूको कृते सहीछाप र कार्यालयको कृते छाप लगाई उत्तीर्ण भएको लाइसेन्स बनाएका थिए ।

उक्त सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन आएको अवस्थामा यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

यातायात कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई खबर गरे पश्चात् प्रहरी टोलीले शाहीलाई नियन्त्रणमा लिई उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४