Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उम्मेदवारहरूले निर्वाचन खर्चको अनुमानित रकम मनोनयन पत्रसँगै जानकारी दिनुपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ६ २०७९
  • 7.3K
    SHARES

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारहरूले निर्वाचनको खर्चको अनुमानित रकम मनोनयन पत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने भएको छ ।

निर्वाचन आचारसंहिता २०७९ लाई सुझावका आधारमा परिमार्जन र संशोधनका लागि दलहरूसँग छलफल गर्दै निर्वाचन आयोगले अनुमानित चुनावी खर्च र स्रोतका बारेमा मनोनयन पत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने जनाएको हो । त्यस्तै उम्मेदवारहरू मनोनयन पत्र दर्ता गर्दा नै आफ्नो सम्पत्ति विवरण र व्यक्तिगत विवरण बुझाउनुपर्ने व्यवस्था समेत आयोगले गर्न लागेको छ ।

त्यस्तै निर्वाचन प्रचारमा १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था आयोगले गर्न लागेको छ ।

निर्वाचन आचारसंहिता बारेमा दलहरूबाट मिश्रित सुझावहरू आएको र सुझावहरूका आधारमा छिटै राजपत्रमा प्रकाशनका लागि पठाउने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । त्यस्तै दलहरूसँग खर्चको सीमाका बारेमा पनि छलफल भएको र अर्को बैठकले टुङ्गो लगाउने उनले बताए । बैठकमा प्रमुख निर्वाचन आयुक्तले आचारसंहिता कार्यान्वयनमा जोड दिएकाे प्रवक्ता पौडेलले जानकारी दिए ।

छलफलपछि नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले यसअघिको निर्वाचनमा भएका विकृतिलाई अन्त्य गर्दै आयोगले नयाँ आचारसंहिता ल्याएको र यसबारे जानकारी गराएको बताए । छलफलमा अन्य नेताहरूले पनि आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको उनले बताए । त्यस्तै लोसपाका नेता केशव झाले निर्वाचन आचारसंहिता रहेका विभिन्न विषयमा छलफल भएको जानकारी दिए ।

बैठकमा नेकपा एमालेले मौन अवधि ४८ बाट घटाएर २४ घण्टा बनाउनुपर्ने लगायतका १३ वटा सुझाव दिएको थियो ।

जसमा जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकका मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने, डिजिटल, अनलाइन, छापा, श्रव्य दृश्य सञ्चारमाध्यमको सूक्ष्म अनुगमन गर्न विशेष इकाई गठन गर्नुपर्ने, निर्वाचन आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने लगायतका सुझाव छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४