Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के छ त सरकारको, हेल्मेटको नयाँ मापदण्डामा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ८ २०७६
  • 4.4K
    SHARES

हाम्रो “सत्य तथ्य सन्तुलित र  निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा

महानगरीय ट्राफिक महाशाखा प्रमुख वसन्त पन्तले आइतबार पत्रकार सम्मेलनमा भने, ‘अब दुईपाङ्ग्रे सवारी चालक र पछाडि बस्ने दुवैले गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित हेल्मेट लगाउनुपर्ने कानुन आउँदैछ।’

उनका अनुसार यातायात ऐनको संशोधित मस्यौदामा यस्तो सिफारिस गरिएको हो।

ट्राफिक प्रमुख पन्तले भनेको गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित हेल्मेट कस्तो हो त?

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँग हामीले मंगलबार यही प्रश्न सोध्यौं।

उनका अनुसार विभागले हेलमेटको गुणस्तर मापदण्ड तयार गरिसकेको छ। दुर्घटना हुँदा टाउकोमा चोटको जोखिम कम होस् भनेर हेल्मेटको मापदण्ड तय गरिएको उनले बताए।

‘जसरी खाद्यान्न, निर्माण सामग्री लगायतमा मापदण्ड तोक्छौं, त्यस्तै व्यवस्था हेल्मेटमा पनि गरेका छौं,’ उनले भने, ‘बजारमा पाइने सस्ता र कमसल हेल्मेटले यात्रुलाई सुरक्षा दिँदैन, त्यसैले सुरक्षित र गुणस्तरीय हुनु जरूरी छ।’

विभागले तयार गरेका मापदण्डमा हेल्मेटको आकार, बाहिरी र भित्री स्वरूप, लक, भाइजर, बाहिरको आवाज सुन्ने क्षमताजस्ता प्राविधिक पक्ष तोकिएका छन्।

बाहिरी भाग नकोतरिने, बलियो र घामपानीले नबिग्रिने हुनुपर्छ। चिल्लो र गोलाकार हुनु जरूरी छ। त्यस्तै, भित्री भाग ‘पोलिस्ट्रिन’ नामको प्लास्टिकजन्य पदार्थ वा त्यस्तै गुण भएका अरू पदार्थबाट बनेको हुनुपर्छ।

हेल्मेट आरामदायी बनाउन भित्री भागमा फोम ‘पोलियुरेथन’ वा त्यस्तै गुण हुनुपर्ने व्यवस्था गरिएको छ। लगाउँदा पसिना आउने, चिलाउने वा त्यसमा भएका पदार्थले कुनै किसिमका छालाजन्य रोग निम्त्याउन नहुने पनि मापदण्डले भनेको छ।

हेल्मेटमा कान र पछाडि गर्धनको माथिल्लो भाग छोप्ने कपडा हुनुपर्छ। मापदण्डसँग फरक पर्ने गरी कुनै किसिमका बाहिरी सामान जोड्न पाइँदैन।

हेल्मेट लगाउँदा सुन्ने वा देख्ने क्षमता कम भए मापदण्डअनुरूप हुने छैन। चिउँडोमा कसिने फित्ताको चौडाइ २० मिलिमिटरभन्दा कम हुनु हुँदैन। चिउँडो अड्याउन राखिने ‘चिन कप’ नयाँ मापदण्डले निषेध गरेको छ। त्यस्तै, भाइजर लगायत सामग्रीबाहेक हेल्मेटको तौल डेढ किलोभन्दा बढी हुनु हुँदैन।

यी सबै मापदण्ड परीक्षणका आधार तय भइसकेको छ। परीक्षणका लागि केही मेसिन खाँचो पर्ने हुँदा अर्थ मन्त्रालयसँग करिब अढाइ करोड रूपैयाँ माग्ने तयारी भइरहेको महानिर्देशक पुडासैनीले जानकारी दिए।

यी मापदण्ड संशोधित कानुन पास हुनेबित्तिकै उपभोक्ता स्तरमा लागू हुने होइन। पहिलो चरणमा मापदण्डअनुरूपका हेल्मेट मात्र आयात गर्न दिइनेछ। आयातकर्ताले आफूले झिकाउन लागेका हेल्मेटको गुणस्तर परीक्षण गराएपछि मात्र आयात अनुमति पाउनेछन्।

स्वदेशी उत्पादक वा ‘एसेम्बल’ गर्नेहरूले पनि हेल्मेट परीक्षण गराउनुपर्नेछ। उनीहरूले गुणस्तर जाँच्न उत्पादन क्षेत्रमै परीक्षण मेसिन जडान गर्नुपर्नेछ।

आयात र उत्पादन तहमा यो व्यवस्था लागू गरेपछि विस्तारै बजारमा भएका सबै पुराना हेल्मेट ‘फेजआउट’ गर्दै जाने उद्देश्य रहेको पुडासैनीले बताए।

‘कानुन पास हुनेबित्तिकै प्रत्येक मोटरसाइकल वा स्कुटर चालक र पछाडि बस्नेले कस्तो हेल्मेट लगाएको छ भनी जाँच्दै हिँड्ने होइन,’ उनले भने, ‘सुरूमा उद्योगी र आयातकर्तालाई जिम्मेवार बनाएर मापदण्डविपरीतका हेल्मेट बजारमा आउनै नदिने हो।’

यसले पुराना हेल्मेट ‘फेजआउट’ हुँदै गएर करिब तीन-चार वर्षमा मापदण्डअनुरूपका नयाँ हेल्मेट मात्र प्रयोगमा आउने उनको भनाइ छ।

वर्षौंदेखि ‘जनशक्ति अभाव’ भन्दै ट्याक्सीको मिटरसमेत दुरूस्त राख्न नसकेको विभागले यो काम कसरी भ्याउला भन्ने प्रश्नमा उनले भने, ‘ढिला होला, तर हामी जसरी नि भ्याउँछौं।’

नयाँ मापदण्डका हेल्मेट प्रयोगबारे गुणस्तर विभाग र ट्राफिक महाशाखाको भनाइ बाझिन्छ।

ट्राफिक प्रमुख पन्त कानुन पास भएलगत्तै डबल हेल्मेट र गुणस्तर मापदण्ड कार्यान्वयनमा आउने बताउँछन्। यसका लागि करिब छ महिना लाग्ने उनको भनाइ छ।

 

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।

ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४