Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एआईजी पोखरेल अनिवार्य अवकाशमा, स्वीकृत भएन राजीनामा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २० २०७९
  • 3K
    SHARES

काठमाडाैँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल अनिवार्य अवकाशमा गएका छन् । सरकारले राजीनामा स्वीकृत नगरेपछि पोखरेल शुक्रबारदेखि अनिवार्य अवकाशमा भएका हुन् ।

३० वर्षे सेवा अवधि पूरा नभएपनि एआईजीको उमेर हदका कारण पोखरेल अवकाश हुनु परेको हो । आफ्नो आईजीपी हुने चाहना पूरा नभएपछि पोखरेलले गत साउन २ गते राजीनामा दिएका थिए । तर उनको राजीनामा स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालयले प्रक्रिया नै अगाडी नबढाएका हो । आईजीपी बनेको भए उनी आगामी चैतसम्म सेवामा रहन पाउँथे ।

सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि त्यो निर्णय बदर गराउन पोखरेल सर्वोच्चसम्म पुगेका थिए । गत वैशाख १८ गते सिंह आईजीपी बनाउने निर्णय भएपछि पोखरेलले १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सिंह आईजीपी भएसँगै पोखरेलले एक महिना लामो बिदा लिएका थिए ।

तर सर्वोच्चमा उनको रिटको टुङ्गो नलागेपछि फेरि थप बिदा मागे। तर सिंहले उनको बिदा स्वीकृत गरेका थिएनन् । बिदा स्वीकृत नभएपनि कार्यालयमा हाजिर नभएका उनी पछिल्लो तीन महिनादेखि कार्यालयमा हाजिर भएनन् ।

४५ दिन लगातार गयल भए कारबाही हुन सक्ने भएपनि पोखरेलमाथि भने कुनै कारबाही नहुने भएको छ । पोखरेलको रिट सर्वोच्चले असार ३१ गते खारेज गरिदिएको थियो । तर आफूभन्दा १७ महिना जुनियर एआईजी आईजीपी भएको भन्दै असन्तुष्टि जनाएका थिए । पोखरेलको अवकाशसँगै नेपाल प्रहरीमा एक एआईजी रिक्त भएको छ ।

पोखरेलको प्रदेश समन्वय विभागमा दरबन्दी थियो । उनी गयल भएकै अवस्थामा मानव श्रोत विभागबाट सरुवा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४