Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभाको कार्यकालसम्बन्धी ‘जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव’ लैजाने सांसदहरूकाे तयारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १७ २०७९
  • 3.1K
    SHARES

काठमाडाैँ । प्रतिनिधिसभाको कार्यकालसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने तयारी भएको छ ।

प्रतिनिधिसभाको कार्यकाल चुनाव घोषणा गरेपछि सकिन्छ कि सकिँदैन ?, नोमिनेसनको दिनसम्म कार्यकाल रहन्छ कि रहँदैन ?, २०७४ को चुनाव भएको मितिका हिसाबका प्रतिनिधिसभाको कार्यकाल तय हुन्छ ? भन्ने प्रश्नहरू उठिरहँदा सांसदहरूले यससम्बन्धी बहसलाई प्रतिनिधिसभामै चलाएर कानून बनाउने उद्देश्यका साथ जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव लैजाने तयारी गरेका छन् ।

२०७४ सालमा संघीय चुनाव मंसिर १० गते र मंसिर २१ गते गरी दुई चरणमा भएको थियो । दलहरूबाट समानुपतिक सूची लिने, राष्ट्रिय सभाको चुनाव गर्नेलगायतका कार्य सकेर संघीय सांसदहरूले २० फागुनमा शपथ लिएका थिए । राष्ट्रिय सभाले फागुन २० गते शपथ लिएको दिनलाई कार्यकाल शुरू भएको दिनको रूपमा मानेर दुई दुई वर्षमा हुने दुई वटा चुनाव गरेर अगाडि बढिसकेको छ । फागुन २० गतेलाई कार्यकाल शुरू भएको मानेर प्रत्येक दुई दई वर्षमा आउने एक चौथाई सांसदले फागुन २० गते नै पनि शपथ लिएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्दा पद रिक्त हुनु (फागुन २०) भन्दा ३५ दिन अगावै निर्वाचन सम्पन्न हुने गरी मिति तोक्नुपर्ने व्यवस्था राष्ट्रिय सभा निर्वाचन ऐनको दफा ५ मा छ । राष्ट्रिय सभाको यही नजिरलाई मानेर प्रतिनिधिसभाको पनि कार्यकाल शुरू फागुन २० गतेलाई नै मान्नुपर्ने कतिपयको तर्क छ । नेकपा माओवादी नेता देव गुरुङ भन्छन्, ‘चुनाव दुई महिना, तीन महिना अगाडि ने गरे पनि शपथ फागुन २० गते नै गर्नुपर्छ । यसले आगामी दिनमा पनि सहजता ल्याउँछ र संविधानले भनेको प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भन्ने पनि पुरा हुन्छ ।’

माओवादी नेताहरूले राष्ट्रिय सभाको नजिरलाई देखाएर प्रतिनिधिसभाको कार्यकाल पनि फागुन २० गतेपछि शुरू भएको मानिने र प्रत्येक पाँच वर्षमा फागुन २० नै नयाँ सांसद सदस्यहरूको शपथ हुने गरी कानुनमै व्यवस्था गरिनुपर्ने माग गरेका छन् । यसबारे प्रष्ट कानून बनाएर चुनावको मिति घोषणा गर्नु उपयुक्त हुने पनि माओवादी केन्द्रका नेताहरूको सुझाव छ ।

माओवादी सांसद अमृता थापा प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विवादलाई कानून बनाएर हल गर्नेगरी जानुपर्ने बताउँछिन् । ‘दलहरूले आ-आफ्ना ढंगले व्याख्या गरिरहनुभन्दा कानून बनाएर जानु उपयुक्त हुन्छ । प्रतिनिधिसभाको कार्यकालसहित एक जना व्यक्ति एउटै निर्वाचन क्षेत्रबाट कतिपटकसम्म चुनाव लड्न पाउने ? भन्ने लगायतका विषय समेटेर संसद्‌मा प्रस्ताव लैजाने तयारी छ । यसाे भने त्याे सबैकाे हितमा हुन्छ भन्ने हाम्राे बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४