काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।
कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट परीक्षा लिइए पनि यस वर्ष भने भौतिक उपस्थितिमै परीक्षा सञ्चालन भएकाे थियाे । बाेर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

