Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक दासानायकेले दिए राजीनामा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ४ २०७९
  • 2.5K
    SHARES

नेपाली राष्ट्रिय क्रिकेट टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएका छन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए ।

राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी गरेका हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण संहालेका थिए ।

त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।

गत मंसिर अन्तिममा पुबुदुले पद संहाल्दा नेपाली टोली विभाजनको अवस्थामा थियो । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो । त्यो घटनाले खेलाडीहरु विभाजित थिए ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासले प्रशिक्षक पुबुदुलाई अहिलेसम्मको सहयोगका लागि धन्यबाद दिएका छन् । श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदुले यसलाई आफ्नो करिअरकै सबैभन्दा कठिन निर्णय भनेका छन् ।

यो निर्णय मेरा लागि अहिलेसम्म कै कठिन रह्यो । मेरो व्यक्तिगत कारणले राजीनामा दिएको हो । अहिले निर्णय गरिनँ भने पछि पछुताउनुपर्ने भयो ,’ पत्रकार सम्मेलनमा पुबुदुले भने ।

दोस्रो पटक नेपालको प्रशिक्षक बनेर आउँदा पुबुदको दुई चुनौती थियो । टी–२० विश्वकपमा छनोट गराउने र गुट उपगुट रहेको मिलाउन चुनौती थियो । नेपाल टी–२० विश्वकपमा छनोट हुन सकेन भने टिमभित्रको हार्दिकता पनि प्रदर्शनमार्फत देख्न सकिएको छैन ।

ओमानमा भएको टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले चार खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो । सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल दोस्रोपल्ट विश्वकप खेल्ने सम्भावना गुमाएको थियो ।

यसबीचमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत तीनवटा त्रिकोणात्मक शृंखला खेलेको थियो । १२ खेलमा नेपालले ४ जित, १ बराबरी र ७ हारको नतिजा निकालेको छ ।

पपुवा न्युगिनीविरुद्ध एकदिवशीय शृंखला खेलेकोमा नेपाल पराजित रह्यो । मलेसिया र पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक टी–२० शृंखला नेपालले जितेको थियो । जिम्बाबे ए टिमसँगको टीप्–२० शृंखला १–१ को बराबरी भएको थियो भने एकदिवशीय शृंखला नेपालले २–१ ले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४