संसदमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको २०७६/७७ सालको बजेटको सिद्धान्त र कार्यक्रममाथि टिप्पणी गर्दै थापाले सरकारले अनुकूलतामा पनि काम गर्न नसकेको बताए।
‘नेपालमा कम्युनिस्ट पार्टीको पाँच वर्षसम्म हलचल नहुने पूर्ण बहुमतको सरकार छ। यस्तो अनुकूलकता भएको सरकार यस्तो विद्वान अर्थमन्त्री हुनुहुन्छ, भ्यागुता जस्तो उफ्रने आर्थिक वृद्धिको अपेक्षा हुनु स्वभाविक हो’, थापाले भने, ‘गएको एक वर्षमा के भयो। मन्त्रीको दाबी छ गज्जबै गज्जब भयो। संविधान कार्यान्वयन उत्कृष्ट रह्यो। रोजगारी वृद्धि भयो। बजेटमा अनुशासन कायम भयो। सुशासन र विकास भयो। राम्रैराम्रो भयो। हरेक दिन एक कदम चालेकाले जनतामा खुसीयाली छायो। तर म चुनौतीका साथ भन्न चाहान्छु – एकपटक नेपाल घुमौं। प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म, विद्यार्थी, शिक्षक, मजदूर, उद्यमी, व्यवसायी नयाँ पुरानो कसैलाई पनि भेटौं र सोधौं। यो मेरा लागि सुखद वर्ष रह्यो भन्ने एक जना मान्छे तपाईंले मलाई भेटाइदिनुहोस्।’
उनले लक्षित राजस्व संकलन नभएको, आन्तरिक राजस्वले चालू खर्च धान्ने अवस्था नरहेको, ९ महिनामा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको, भुक्तानी चाप असन्तुलन बढेको बताए।
‘तरलता अभाव दुई तीन महिनामा देखिन थालेको छ। देशभित्रको निजी क्षेत्रको लागत मात्र होइन निराशामा मात्र बढेको छ’, थापाले भने, ‘८ प्रतिशतको वृद्धिदर लक्ष्य थियो। ६ दशमलव ८ प्रतिशतमा छौं। कृषिमा काष्ठ सामान प्रयोग, मनसुन र सेवा क्षेत्रमा मार्जिनल वृद्धि छ। तर दिगो छैन। औद्योगिक वृद्धि भएको छैन। यो एक वर्षमा के जादू गर्नुभयो?’
उनले खतिवडालाई आत्मालोचना गर्न सुझाए।
‘मैले गर्न खोजे सकिनँ र सुधार गर्छु भन्ने ठाउँबाट सुधार गर्नु भएको भए ठीक ढंगले जाने थियो होला’, थापाले भने, ‘दुई अंकको आर्थिक वृद्धि होइन संरचनात्मक परिवर्तन गर्ने, विप्रेषणमा आधारित होइन लागतमा आधारित वृद्धि गर्नुपर्छ।’
उनले नेपालमा दक्षिण एसियामा सबभन्दा कम वैदेशिक लगानी आएको उल्लेख गरे।
उनले राजस्व परिचालनमा नविनता ल्याउनुपर्ने, ग्लोबल भ्यालु चेन र रिजनल भ्यालु चेनमा जोडिने तथा सामान्य र मध्यम स्तरका उद्योगबारे सरकार स्पष्ट हुनुपर्ने बताए।
‘कृषिमा पुरानो रटान छ। औद्योगिकरण गर्ने, व्यवसायीकरण गर्ने, यान्त्रिकरण गर्ने, विशिष्टीकरण गर्ने, उत्पादन बढाउने। कृषिमा आत्मनिर्भर, आयात र खपतको आधारभूत कुरामा अलमलिएका छौं। हाम्रो उत्पादन हिजोको भन्दा घटेको होइन। उपभोग बढेको छ भन्ने सामान्य ज्ञान पनि हामी नराखिकन पहिला निर्यात गर्थ्यौं अहिले घट्यो भनेर रुने काम जताततै देखिन्छ’, थापाले भने।
प्रतिनिधि सभाको बैठकमा थापाले समृद्धिको परिकल्पना हावादारी भएकै कारण नीति तथा कार्यक्रम बरालिएको र त्यसमै आधारित भएर बजेटको सिद्धान्त र कार्यक्रम आएको बताए।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२