Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आउन साथी आउ स्वदेश गानको चौथो पटकको सुटिङ काठमाडौमा सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ३२ २०७९
  • 4.6K
    SHARES

जन प्रहार

काठमाडौ । जनआकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीद्धारा रचना गरिएको आउन साथी आउ बोलको स्वदेश गान मितिः २०७९ असार ३२ गते प्रज्ञा भवनको प्रगणमा सुटिङ गरिएको छ ।

तेस्रो चरणको सुटिङ रामेछाप जिल्लाको रामेछाप नगरपालिका वाडन ८ मा गरिएको थियो भने अन्य बिभिन्न जिल्लामा भुगोलको सुटिङ सकिसकेको छ ।

चौथो चरणको सुटिङमा रचनाकार मोहन कार्कीले पनि संयुक्त अभिनय गरेको भिडियोमा वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ तथा चर्चित हस्य व्याग्य कलाकार सुवास गजुरेल, चर्चित नायक सित्तल केसी, कलाकार तथा निर्माताहरु लक्ष्मीनाथ तिमिल्सिना, बिजेन्द्र नौवागे अन्य अभिनय गर्ने कलाकारहरु सविता खड्का,गायत्री पाण्डे, कल्पना कार्की, प्रतिक्षा राई, श्रु्रती कार्की, सोनिका मगर, प्रतिषा तामाङ,आर्य शाही ठकुरी, उद्धवलाल श्रेष्ठ, श्री कार्की रहेका छन् ।

उक्त गीतको सुटिङको कोरियोग्रफी तथा निर्देशन प्रेम शर्मा पौडेलले गरेका छन् भने क्यामेराको प्रस्तुतीमा बिजय जिरेलले छायाङकन गरेका छन् ।
रामेछापमा भएको सुटिङको छायाङकन रामेछाप पत्रकार महासंघका रामचन्द्र विकले गरेका छन् । सुटिङको व्यवस्थापन अपना श्रेष्ठले गरेकी छन् भने अभिनयको लागि रामेछाप नगरपालिकाको महिलाले सहजीकरण गरिदिएको छ ।

उक्त स्वदेश गानको भिडियो जनआकाश साप्ताहिकको १५ औ बार्षिक उत्सव पारेर साउन ३१ गते भव्य कार्यक्रम गरी बिमोचन गराउने जनआकाश मिडियाको तयारी रहेको जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीले बताएका छन् ।

आउन साथी आउ स्वदेश गानको संगीत र संगीतसंयोजन रामकृष्ण थापाले गरेका हुन् भने विनोद दनुवारले गाएका छन् उनलाईं संयुक्त गायनमा मनु दाहाल, उषा गजुरेल, रमेश पाठक लगायतले साथ दिएका छन् ।

उक्त स्वदेश गान वेभ स्टिुडियो नेपाल अनामनगरले गरेको छ । रेकडिस समिर कार्कीले गरेका छन् ।

देशभक्ति भावनाले ओतप्रोत गीतले आम नेपालीहरुलाई देशप्रतिको भावना जागृत गर्नुको साथै हरेक क्षेत्रमा रहेका नेपालीहरुलाई देशसँग जोडेर उत्साह भर्ने उदेश्यले लेखिएको छ ।

गीतको शब्द यसप्रकार रहेको छ ।
गीतको बोल यस प्रकार रहेको छ ।
आउन साथी आउ
सवै मिली विजयीको मिठो गीत गाउ
नेपाली हौ हामी नेपाल देश हाम्रो
चन्द्र सुर्य अंकित झण्डा राम्रो
हिमाल पहाड तराई सवै नेपालीको
खेल खेलाडीको किशान मजदुरको
देश विदेश जाहा रहेनी नेपाल नेपालीको

देश विदेश हामी खेल खेल्न जाउ
नेपाललाई विश्वसामु चिनाऔ
जातजाति भषा सवै नेपालीको
वीर गोर्खालीको सान नेपालीको
गाउ शहर जाहा रहेनि नेपाल नेपालीको

नारी पुरुष मिली देश विकास गरौ
युवा जुटी समाज निर्माण गरौ
मेची–कोशी–काली हामी नेपालीको
कर्म नेपालीको विश्वास नेपालीको
दुःख सुःख जेभएपनि सान नेपालीको

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४