Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असार ३२ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ३२ २०७९
  • 2K
    SHARES

पञ्चाङ्ग
वि.सं. असार ३२, २०७९ । ई.सं. १६ जुलाई २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । शनिबार श्रावण कृष्णपक्ष । तिथि- तृतीया, १७:३१ बजे उप्रान्त चतुर्थी । नक्षत्र- धनिष्ठा, १९:५१ बजे उप्रान्त शतभिषा । योग- आयुष्मान्, २६:११ बजे उप्रान्त सौभाग्य । करण- वव ६:३३ बजेदेखि भद्रा, १७:३१ बजे उप्रान्त तैतिल । चन्द्रराशि मकर । आनन्दादि योग प्रवर्द्ध । दिनमान ३४।१० । सूर्योदय ५:१९ । सूर्यास्त १८:५९ । ध. पञ्चक प्रा. ८:२९ , स्वामी श्री प्राणनाथजीको धामगमन ।

राशिफल

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन्। अरूका लागि समय खर्चनुपर्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। होसियारीसाथ काममा जुट्नाले फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। नसोचेको अवसर प्राप्त हुने सम्भावना छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। मिहिनेतले विशेष उपलब्धि दिलाउनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल योजना पूरा नहुन सक्छ। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम गर्न केही समय लाग्नेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। अप्ठ्यारो पर्दा अग्रजहरूको साथ लिने चेष्टा गर्नुहोला। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४