काठमाडाैँ । शुक्रबार (आज) दिउँसाे ३ बजे प्रतिनिधि सभाकाे उपसभामुख पदका लागि निर्वाचन हुँदैछ ।
सङ्घीय संसद् सचिवालयकाअनुसार त्यसकाे तयारी पूरा भइसकेकाे छ । उपसभामुखका प्रत्याशीहरूमा पुष्पा भुसाल र विद्या भट्टराई छन् । भुसाल पाँचदलीय गठबन्धनकाे तर्फबाट छन् भने भट्टराई प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट प्रत्याशी बनेकी हुन् ।
फाेनमार्फत् कुरा हुँदा देउवाले मिलेरै जानका लागि अनुराेध गरेका छन् । देउवालाई उद्धृत गर्दै ती नेताले भने— ‘सरकारलाई समर्थन गर्नुभएकै छ, नागरिकतालगायतका तपाईंहरूकाे मागमुद्दालाई सरकारले हेरिरहेकै छ । मिलेर जाउँ है ।’ यस्तै ओलीले पनि यसअघि पनि सहकार्य गरेकाे स्मरण गर्दै आफूहरूलाई समर्थन गर्नका लागि अनुराेध गरेका छन् ।
लाेसपाकाे समर्थन कसलाई ?
ती नेताकाअनुसार लाेसपाले भुसाललाई नै समर्थन गर्ने सम्भावना बढी छ । ‘हामीले सरकारलाई समर्थन गरेकै छाैँ । जबसम्म समर्थन फिर्ता हुँदैन, त्याेबेलासम्म त संसद्मा हुने हरेकखाले गतिविधिमा त सरकारकै पक्षमा सहभागी हुनुपर्या नि,’ ती नेताले भनेका छन्, ‘त्यसाे हुँदा पनि हाम्राे समर्थन भुसालकै पक्षमा हुनसक्छ ।’
यद्यपि यसबारे अन्तिम निष्कर्ष संसदीय दलकाे बैठकले नै गर्ने ती नेताकाे भनाइ छ ।
त्यसाे त संसदीय गणित हेर्दा भुसालकाे जित निश्चित छ ।
