Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ को नामाकरणको विषय गिजोलिँदै, दलहरू आ–आफ्नै अडानमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २४ २०७९
  • 3.2K
    SHARES

विराटनगर । प्रदेश १ को नामाकरणको विषय गिजोलिँदै गएको छ। दलका नेताहरु एकले अर्कोलाई आक्षेप लगाउने र अस्तित्व नै स्वीकार गर्न नसक्ने अवस्थामा पुगेपछि नामको विषय थप पेचिलो बन्दै गएको हो ।

शुक्रबार प्रदेश १ सरकारको आयोजनामा भएको प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता तथा नामाकरण बारेमा बनेको समिति, सरकारका मुख्यमन्त्री तथा मन्त्री सहित भएको छलफलमा दलहरू एकले अर्कोलाई स्वीकार गरेर जाने अवस्थामा देखिएका छैनन्  । मुख्यमन्त्री कार्यालयमा भएको बैठकमा दलका नेताहरूले आआफ्नो अडान कायम राखेका छन् ।

प्रदेश १ मा सबैभन्दा ठूलो दल नेकपा एमालेले प्रदेश १ को नाम कोशी राख्नुपर्ने माग सारेको छ भने नेपाली कांग्रेसले पनि पार्टी भित्र कोशी प्रदेश राख्ने भन्ने बारेमा छलफल भए पनि अर्को विकल्पमा पनि छलफल गर्न सकिने धारणा राखेको छ ।  नेकपा माओवादी केन्द्रले प्रदेश १ को नाम किराँत प्रदेश बनाएर जानुपर्ने धारणा बताएको छ ।

दलको निर्णय नै किराँत प्रदेश भन्ने रहेकोले बैठकमा किराँत प्रदेश बनाएर जानुपर्ने बताएको हो । बैठकमा सहभागी एक नेताका अनुसार, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम किराँत राख्न आफू तयार रहेको भए पनि त्यो बारेमा अन्य सांसदको आफूले जिम्मा लिन नसक्ने बताए ।

जनता समाजवादी पार्टीले भने  नामको बारेमा लामो नाम प्रस्तावमा ल्याएको छ। किराँत लिम्बुवान शेर्पालुङ मधेश प्रदेश नाम प्रस्ताव गरेको भए पनि त्यो नाममा वैकल्पिक नामको बारेमा सोच्न सकिने जनाएको छ । एक एक जना सांसद रहेको राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि आफ्ना फरक फरक नामको प्रस्ताव छलफलमा ल्याएका छन् । मञ्चले लिम्बुवान प्रदेशको नाम हुनुपर्ने बताएको छ भने राप्रपाले सगरमाथा प्रदेश नै सबैको लागि उपयुक्त नाम हुने अडान राखेको जनाइएको छ।

प्रदेश सरकारको तर्फबाट नाम सहजीकरण समितिका संयोजक स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेशको नामको विषयमा दलका नेताहरूका बीचमा छलफल भए पनि निर्णयमा पुग्न नसकिको बताए ।

‘आन्तरिक छलफल भएको छ, मन्त्री यादवले भने, दलका नेताहरूले आफ्नो आफ्नो कुरा राख्नु भएको छ, अर्को चरणमा विकल्प सहित छलफल गर्ने गरी बैठक सकिएको छ।’ अबको बैठक दलहरूले आफ्ना दल भित्र छलफल गरेर निर्णय गरेर जाने गरी विकल्पसहित आएपछि बस्ने तयारी भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४