Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको अधिकार संघीय सरकार मातहात नराख्न प्रदेश गृहमन्त्रीको माग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २३ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । प्रदेशका आन्तरिक मामिला र गृहमन्त्रीहरुले काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको अधिकार संघीय सरकार अन्तर्गत नराख्न माग गरेका छन् ।

बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा भएको प्रदेशका गृहमन्त्रीहरुको भेलाले उपत्यकाको शान्ति सुरक्षा प्रदेश मातहत राखे संविधान विपरीत हुने निष्कर्ष निकालेका हुन ।

गृहमन्त्रीहरुको भेलाले ७ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौं उपत्यकाका तिन जिल्लाको शान्ति सुरक्षाको जिम्मा संघले लिई तीनवटै जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी कार्यालय संघको गृह मन्त्रालय मातहत राख्ने गरी प्रस्तावित प्रहरी ऐन संशोधनको कार्य संविधानको अनुसूची ६ विपरीत भएकाले उक्त कार्य तत्काल रोकी १३ वटै जिल्लाको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकार मातहत हुनुपर्ने बताएका छन् ।

संघीय प्रहरी ऐन हाल प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलको क्रममा छ । जसमा राजधानीको सुरक्षा केन्द्र सरकार मातहत नै राख्नुपर्ने प्रस्ताव गरिएको छ । जनकपुरधाममा भएको भेलामा कर्णालीबाहेक अरु सबै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४