
हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !
साझा विवेकशील ले चलायो रेल बहस सुरु यस्तो भन्छन् विज्ञहरु
जन न्युज नेपाल खबर डट कम :
साझा विवेकशील पार्टीले विज्ञहरुसँग केरुङ–काठमाडौं रेल बहस चलाएको छ । अर्थशास्त्री एवं पूर्वराजदूत डा. शंकर शर्मा, पूर्वाधार विज्ञ एवं साझा विवेकशील पार्टी प्रवक्ता सूर्यराज र चिकित्सक तथा रेल टिप्पणीकार डा.रामेश कोइरालासँग केरुङ –काठमाडौ रेल सञ्चालनका चुनौति र सम्मभावनामाथि केन्द्रित रहेर बहस गरिएको थियो ।
वैशाखको पहिलो साता चीन भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापार तथा पारवहन सन्धीमा हस्ताक्षर गरेसँगै नेपालमा फेरि केरुङ –काठमाडौँ रेलको बहस चुलिएको हो । डा. शर्माले नेपालका लागि रेल आवश्यक छ कि छैन भन्ने कुरामा बहस हुन जरुरी रहेको बताए । ‘हामी चीनले अनुदानमा काठमाडौंसम्म रेल ल्याइदियोस् भन्ने चाहन्छौँ,’ उनले भने, ‘त्यस्तो होइन ।सर्वप्रथम त रेल हाम्रो आवश्यकता हो कि होइन । यो कुराबारे बहस गरौँ । होइन भने रेलको रैलो नगरौं । हो भने त्यो अनुसार अगाडि बढौँ ।’
रेल सञ्चालन गर्नेसके मुलुकको आर्थिक वृद्धिदर बढ्नुका साथै सामान आयात निर्यातामा सहज हुने तर्क गरे । ‘असम्भव भन्ने कुरा हुँदैन । त्यसका लागि नेतृत्व तहबाट इच्छा शक्ति देखिनु पर्यो । यस्तै बहस र मन्थनबाट एउटा निश्कर्ष निकालेर अगाडि बढ्नुपर्छ,’ डा. शर्माले भने ।
अर्थविद् शर्माले अर्थशास्त्रीय सिद्धान्तले एउटै देशसंगको निर्भरतालाई जोखिमयुक्त मान्ने गरेकाले विकल्प खोज्नु आवश्यक भएपनि केरुङ काठमाडौँ रेल मार्ग निर्माण पुर्व थुप्रै विषयमा स्पष्ट हुनु जरुरी रहेको बताए ।
यता डा. आचार्यले नेपालीहरुमा कुनै पनि काम सुरु हुन अगावै त्यसबारे हल्ला फैलाउने गरेको बताए ।
उनले भने, ‘हामी नेपालीहरु सबै कुराहरुमा नकारात्मक कुरा मात्र गर्छौं । केही कामको थालनी हुन नपाउँदै त्यसबारे हवौँ फिजाउने काम गर्छौँ । केरुङ –काठमाडौँ रेल प्राविधिक र आर्थिक रुपले पनि सम्भव छ । तर मैले सहज छ भनेको होइन । ठूलो प्रोजेक्टमा कठिनाई हुनु स्वभाविक पनि हो ।’
नेपालले अहिले ठूला प्रोजेक्टहरुमा सक्रियाता नदेखाएको भन्दै केरुङ –काठमाडौँ रेलका सञ्चालनमा ल्याएर क्रम भंगता गर्नुपर्नेमा जोड दिए ।
‘नेपालले ठूलो प्रोजेक्ट बनाउनै नसक्ने भन्ने हो र ? होइन । भेरी–बबई डाइभर्सन त बनायो । गर्यो भने त सक्छ नि ?,’ उनले भने, ‘सरकारले फुटपात व्यवस्थित बनाउन सकेको छैन । के रेल ल्याउँछ भनेर हुँदैन । छिमेकी देशहरुमा रेल कुदिरहेको छ । नेपालमा नकुद्ने भन्ने हुन्छ ।’
आचार्यले केरुङ काठमाण्डौ रेल सञ्चालनबाट प्रत्यक्ष लाभान्वित नेपाल वा छिमेकी मुलुक भन्नेमा स्पष्ट हुनुपर्ने आवश्यकता औंल्याए । रेलमार्गले ल्याउने भु राजनीतिक तरंग लगायतका विषयमा वस्तुगत बहस गर्नुपर्नेमा जोड दिए ।यता डा. कोइरालाको भने बुझाई फरक छ । उनले वर्तमान अवस्थामा मुलुकको आवश्यकता रेल नभएको तर्क गरे ।
उनले भने, ‘हाम्रा प्रधानमन्त्रीले ५ वर्षमा रेल आउँछ भन्नुभएको थियो । ५ वर्षमा केरुङ –काठमाडौँ रेल आउने कुरा सपना मात्र हो । अहिलेसम्म डीपीआरको समेत टुङ्गो छैन । नेपालमा रेल ल्याउन प्राविधिक कठिनाई उत्तिकै छ । त्यो कठिनाई चिर्न सकेपनि रेल आउन अझैँ १५ वर्ष लाग्छ ।’
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रबन्धक निर्देशक/प्रकाशक/१,कार्यकारी सम्पादक : नेत्र बहादुर कार्की ।
२प्रधान,सम्पादक :- राज कुमार हुमागाइ।
३,सम्पादक :-कुमार अधिकारी।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।
१०,सम्बाददाता :- आशा लामा।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२