पुष्कर खड्का
रामेछाप । रामेछापको सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना भएको छ।
बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान
खाँडादेवी गाउँपालिका -१ लुभुघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार दुर्घटनमा परी गम्भीर घाइते भएकालाई स्थानीयले उद्दार गरि उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनु भयो । विस्तृत विवरण आउन बाँकी रहेको छ।