Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केएमसीको क्यान्टिनमा काम गर्ने २१ बर्षीय युवती होस्टेलमा झुण्डिएको अवस्थामा फेला, हत्याको आशंका


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १९ २०७९
  • 2.9K
    SHARES

काठमाडौं – बुद्धनगरस्थित काठमाण्डौ मोडेल स्कूल (केएमसी) मा एक युवती झुण्डिएको अवस्थामा भेटिएकी छिन् । घटनाको प्रकृति हेर्दा घटना रहस्यमय देखिन्छ ।
काभ्रे जिल्ला तेमाल गाउँपालिका ८ मेच्छे स्थायी घर भएकि २१ बर्षिया रमा रायमाझी झुण्डिएको अवस्थामा भेटिएको हो । उनी काठमाण्डौ मोडेल स्कूल को क्यान्टिनमा कार्यरत थिइन । शनिवार बेलुकि स्कूल भित्र होस्टेलको बेडमा झुन्डिएको अवस्थामा फेला पारेको थियो ।
घटनाको प्रकृति हेर्दा उक्त युवतीको आत्महत्या नभई हत्या भएको आशंका गरिएको छ । भुइमा खुट्टा टेकिएको र छेउको कपडा पनि खुम्चिएकोले हत्या भएको हुनसक्ने मृतकमा आफन्तले बताएका छन ।
युवती विगत छ वर्ष देखि यसै विद्यालयको क्यान्टिनमा कार्यरत रहेको र शनिवार बेलुका ७ : ३० बजेसम्म कोठामा नपुगेपछी आफ्न्तले खोजि गरेका थिए । मृतकको फोन नउठेपछी उनको साथिलाइ कल गर्दा पनि नउठेको र खोजी गर्दा मृत अवस्थामा भेटिएको मृतककी बहिनी रविना रायमाझीले बताइन । घटना भैसकेपछी बिद्यालयले गल्स होस्टलको विद्यार्थी ब्वाइज होस्टलमा सारेको छ । विद्यालय प्रशासन भने कोहि देखा नपरेको मृतककी मामा समीर केसिले बताए ।

मृतकका आफन्तले मृत्युको वारेमा बुझ्न खोज्दा बिद्यालयको सवारि चालकले उल्टै धम्काउन खोजेको तथा बिद्यालय परिसरमा नबस्न भनेर बिद्यालय प्रशासनले हटाउनु भनेपछी आफ्न्त सबैलाइ विद्यालयको प्राङ्गणबाट समेत बाहिर जान निर्देशन गरेको मृतकका आफ्न्तले बताएका छन । यो सङ्गै मिडियालाइ पनि भित्र जान अनुमती नदिएको र विद्यालय प्रशासनले आफ्न्त खोज्नुपर्ने ठाउँमा आफ्न्त नै स्कुलमा पुग्दा समेत मौन बसेकोले बिद्यालयको चलखेल देखिएको आफ्न्तको आरोप छ ।

त्यसैगरी प्रहरी प्रशासनले भने घटना सङ्कासपद जस्तो देखिएको तर यो बारे पोस्टमार्टम पछि मात्र थाहा हुने बताएको छ । प्रहरिको अनुसार मृतकको दुबै खुट्टाले भुइ छोइकन खुम्च्याइएको, पछाडिको भागको कपडा खुम्चिएको र झुन्डिएको ठाउँ पनि करिब ६ फिट मात्र रहेको छ ।

मृतकका आफन्त खोज्नुको सट्टा प्रहरीलाइ मात्र खबर गरेको र अहिले ठूलो मात्रामा प्रहरी खटिएर अन्य होस्टलका बिद्यार्थिको सुरक्षा देखि विद्यालयको भौतिक बस्तुको सुरक्षामा ध्यान केन्द्रीत भएको पनि आफन्तको आरोप छ ।

पारिवारिक भनाई अनुसार सधै बिहान ७ बजे देखि साँझ ७ बजे सम्म सोही होस्टलमा काम गर्दै आएकी थिइन । करिब छ बर्ष काम गर्दा उनको काम राम्रो भएको भन्दै केही महिना अगाडिदेखी उनलाइ क्यान्टिन म्यानेजरको जिम्मा दिई तलबभत्ता पनि थप गरिएको थियो । लजालु स्वभाव रहेको र आफ्नो काम जिम्मेवारि पुर्वक निर्वाह गर्ने गर्दै आएकी थिइन । दिउँसो २ बजेसम्म बहिनिसँग भिडियो कल गरेको र बेलुका आउदा तरकारी लिएर आउछु भनेकी थिइन ।

मृतककी ३ दिदी बहिनि र १ जना दाजु हुन । उनी जेठी छोरी रहेको र २ जना बहिनिहरु रहेका छन । आमाबुबा भने गाउमै खेतिपाती गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४