Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालिकालाई यौनधन्दामा लगाउने होटेल सञ्चालकसहित ६ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १६ २०७९
  • 3.3K
    SHARES

काठमाडाैँ । १४ वर्षकी एक बालिकालाई यौनधन्दामा लगाएको तथा जबर्जस्ती करणी गरेको आरोपमा होटेल सञ्चालकसहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख कैलाश राईले मंगलबारसम्म तीन होटेल सञ्चालक र तीन ग्राहकसहित ६ जना पक्राउ परेको जानकारी दिए । अनुसन्धानकै क्रममा रहेकाले पीडकको विवरण गोप्य राखिएको उनले बताए ।

केही दिनअघि सदरमुकाम फुङलिङको कोप्चेटोलमा एउटा पसलबाट एक बालकले चोरी गरेको सिसिटिभीबाट देखिएको थियो । सो पैसा चोरेको आरोपमा बालकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयबाट सोधपुछ गरेको डिएसपी राईले बताए । सोधपुछ गर्नेक्रममा एकजना बालिका पनि त्यसमा जोडिन पुगेको उनको भनाइ छ ।

बालकले चोरेको पैसाबाट खाजा खाने गरेकी ती बालिकालाई विभिन्न होटेलले यौनकार्यमा लगाउने गरेको खुलेको र होटेल सञ्चालकसहित ६ जना पक्राउ परेको राईले बताए । बालिकाले पक्राउ परेपछि यौनधन्दामा संलग्न गराएको र ६२ वर्षका वृद्धसमेतले यौन सम्पर्क गर्ने गरेको बताएको उनले जानकारी दिए ।

प्रहरीले आरोपीविरुद्ध मुद्दा दर्ता प्रक्रिया सुरु भइसकेको जनाएको छ । तीनजनालाई जबर्जस्ती करणी, दुईजनालाई शरीर बन्धक तथा मानव ओसारपसार र एकजनालाई मतियारको रूपमा उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको डिएसपी राईले बताए ।

बालिकाले प्रहरीलाई दिएको सुरुको बयानअनुसार सेवाग्राहीबाट दुई हजार रुपैयाँ लिने र होटेल सञ्चालकले एक हजार रुपैयाँ राखेर आधा उनलाई दिने गर्थे । आमाको मृत्यु भएको र बाबुले कान्छी आमा ल्याएपछि घरमा बस्ने वातावरण नभएर होटेलमा भाँडा माझेर गुजारा गर्ने क्रममा होटेल सञ्चालकले यौनकार्यमा लगाएको बालिकाले प्रहरीलाई बताएकी छन् । पीडित बालिकाका बुबा र कान्छी आमा सदरमुकाममा बस्दै आएका छन् । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४