Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीविरुद्ध ज्यानसम्बन्धी कसूरमा जाहेरी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १३ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पीडित परिवारले ज्यानसम्बन्धी कसूरमा किटानी जाहेरी दिएको छ ।

प्रहरी वृत्त, बालाजुमा परिवारले सुनारको हत्या भएको दाबीसहित उनका प्रेमी सूर्य श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएको हो । परिवारको जाहेरी आएपछि दर्ता गरेर अनुसन्धान थालिएको बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जन प्रहारलाई बताएका छन् ।

शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

सुरुमा घटनाबारे अनविज्ञता प्रकट गरेका श्रेष्ठलाई अनुसन्धान अधिकृतले प्राविधिक पक्षको विश्लेषणसहित उनी त्यहाँ रहेको बताएपछि उनले राति सोही कोठामा बसेको स्वीकारेका थिए ।

बिहान उठ्दा झुण्डिरहेको देखेपछि आत्तिएर भागेको थिएँ’ उनले प्रहरीसँग बयान दिँदै भनेका छन्, ‘हतार हतार सल निकालेँ, तर सास थिएन ।’ त्यसपछि डराएर सल लिएर आफू कोठाबाट भागेको उनले बताएका छन् ।

उनले बताएअनुसारकै स्थानबाट प्रहरीले सल बरामद गरेको छ । सललाई परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको छ । शव भने पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

गायिका सुनारको फेसबुकमा शनिबार बिहान ‘कसैको माया पाउन जति कोशिस गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोष्ट भएको थियो ।

स्ट्याटसमा ‘आफ्नो इच्छाले यो कदम उचालेको’ भन्दै कसैलाई दोष नभएको भनिएको थियो । ‘कसैले खोजीनिधि पनि नगर्नु र पोष्टमार्टम पनि नगर्नु’ स्ट्याटसमा भनिएको छ । पीडित पक्षले यो स्ट्याटसमा पनि शंका गरेको छ । डीएसपी मिश्र चाहिँ स्ट्याटसबारे पनि छानबिन भइरहेको बताउँछन् ।

प्रहरीका अनुसार सुनारको मोबाइल आइतबार अपरान्हसम्म बरामद नहुनुले पनि शंका बढाएको छ । ‘कोठामा सबैतिर सर्च गरिसक्यौं, मोबाइल भेटिएको छैन’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘श्रेष्ठले सल मात्र लगेको भनेका छन् ।’

सुनारको शवमा घाँटीमा बाहेक अन्यत्र ‘मार्क’ देखिएको छैन । श्रेष्ठले पनि घटनास्थलमा आफ्नो उपस्थिति स्वीकारे पनि उनले आत्महत्या गरेको दाबी गरेका छन् । त्यसैले प्रहरीले पोष्टमार्टम रिपोर्ट कुरिरहेको छ । डीएसपी मिश्र भन्छन्, ‘अहिले ज्यानसम्बन्धी कसूरमा जाहेरी आएको छ, भोलि अनुसन्धानबाट देखिएअनुसार प्रहरी प्रतिवेदन बनाएर मुद्दा अघि लैजान्छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४