Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुशासन कायम र भ्रष्टाचार नियन्त्रण बाहेक कुनै स्वार्थ छैन : सभामुख सापकोटा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १२ २०७९
  • 3K
    SHARES

काठमाडौं । सभामुख अग्नि सापकोटाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै स्वार्थ नभएको बताएका छन् । आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको पनि उनले बताएका छन्  ।

संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै सापकोटाले भने, ‘संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नु पर्छ, निरन्तर निरन्तर बनाइराख्नुपर्छ, सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले ।

उनले अगाडि भने, ‘हामी भन्छौं लोकतन्त्र भनेको जीवनधारा हो, लोकतन्त्रको आत्मा भनेको संसद हो । तीन करोड नेपाली जनताहरुको आवाज प्रष्फुटन हुने कुनै फोरम छ भने त्यो संघीय संसद नै हो । त्यो संसदलाई कति हामी जीवन्त र जनमुखी बनाउन सक्छौं, अहिले हामीले त्यलाई एउटा सूत्रवाक्य बनाएका छौं । हामी निरन्तर, पूरै निष्ठाका साथ, पूरै इमानका साथ हामी लागेका छौं ।

जनताका कुरालाई आत्मसाथ गर्न सकिए सफलता त्यही हुने बताउँदै उनले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक अरु स्वार्थ नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४