Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १० २०७९
  • 2.4K
    SHARES

विराटनगर । आगामी आर्थिक वर्षकोे बजेटमा प्रस्तुत मध्ये तीन क्षेत्रको करको दर समायोजन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका मोरङका उद्योगी र मजदुरले राज्यको नीतिका कारण नेपाल श्रीलंका भन्दा कमजोर हुने बताएका छन् ।

आन्तरिक राजस्व कार्यालय विराटनगरमा धर्ना दिने क्रममा शुक्रबार मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राज्यले नीति नसच्याए देशको अर्थ व्यवस्था श्रीलंका भन्दा कमजोर हुने बताए ।

स्यानेटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित स्टील उद्योगको संरक्षणको माग गर्दै बिहीबार यता मोरङका उद्योगी व्यावयासी र मजदुरहरु आन्दोलनमा छन् । उनीहरुले स्वदेशी उद्योगको संरक्षण गर्न माग गरेका छन् ।

बजेट भाषणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले स्यानेटरी प्याडको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार महशुललाई ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरेका थिए । तयारी वस्तुमा १.५ प्रतिशत कायम गरे पनि कच्चा पदार्थमा साढे ७ प्रतिशत भन्सार महशुल कायम कायम गरिएको छ । सरकारको नीतिले स्यानिटरी उद्योग बन्द हुने उद्योगीको गुनासो छ ।

नयाँ व्यवस्थाले जीआई वायरमा आधारित स्टील उद्योग पनि संटकम परेको उद्योगीको गुनासो छ ।

वनस्पती तेल उत्पादन गर्ने स्वदेशी उद्योग पनि संकटमा परेको उनीहरुको गुनासो छ । सरकारले आर्थिक वर्ष २०७९–८० मा प्रशोधित तेलको भन्सार महशुल पाँच प्रतिशतमा झारेको छ । यसअघि वनस्पती तेलको कच्चा पदार्थको आयातमा १० प्रतिशत र प्रशोधित तेलमा १५ प्रतिशत भन्सार महशुल तोकिएको थियो । नयाँ व्यवस्थाले आयातित वस्तुसँग स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने उद्योगीको गुनासो छ ।

स्यानीटरी प्याड, तेल र जीआई वायरमा आधारित उद्योगको संरक्षण गर्न माग गर्दै उद्योगीले बिहीबारबाट आन्दोलन सुरु गरेका हुन् ।

बिहीबार र्‍याली निकालेका उद्योगीले शुक्रबार आन्तरिक राजस्व कार्यालयमा धर्ना दिएका थिए । माग सम्बोधन नभए आइतबार चक्काजाम गर्ने मोरङ व्यापार संघका अध्यक्ष रिजालले चेतावनी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४