काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराउन लागेकाे पूर्वसञ्चारकर्मी रवि लामिछानेविरुद्ध निर्वाचन आयाेगमा अर्काे पनि उजुरी परेकाे छ । आसन्न प्रतिनिधि सभाकाे निर्वाचनमा काभ्रेपलाञ्चाेक क्षेत्र नं. १ बाट स्वतन्त्ररूपमा उम्मेदवारी दिएका मनाेज पण्डितलगायतले रविविरुद्ध उजुरी दर्ता गराएका हुन् । पण्डितले जन प्रहारसँग भनेका छन्, ‘हामीले स्वतन्त्र शब्दलाई स्वतन्त्र नै रहन दिनुपर्छ भनेका छाैँ । हाम्राे माग यही हाे ।’
यसअघि राष्ट्रिय स्वतन्त्र उम्मेदवारी अभियानका संयाेजक डम्बर शाहूलगायतले पनि साेही प्रकृतिकै उजुरी दर्ता गराएका छन् ।
♦‘स्वतन्त्र’लाई आघात पुर्याएकाे भन्दै रवि लामिछानेविरुद्ध निर्वाचन आयाेगमा उजुरी
