Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्यालयका हिसाब माग्दा प्रधानाध्यापकले कुटेको शिक्षिकाको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ५ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीलाई प्रधानध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् ।

प्रधानाध्यापक पौडेलले आफूलाई लात्तीले पेटमा हानेको शिक्षिका कार्की बताउँछिन् । जिल्ला अस्पताल दिक्तेलमा प्राथमिक उपचार गरेर उनलाई थप उपचारका लागि बिराटनगरको विराट अस्पतालमा भर्ना गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयको आयव्ययबारे चासो राख्दा प्रधानाध्यापक लक्ष्मीले कुटपिट गरेको शिक्षक कार्कीले बताइन् । व्यवस्थापन समितिमा गोमा शिक्षक प्रतिनिधि हुन् ।

व्यवस्थापन समितिको बैठक विद्यालयमा नबस्ने र बैठकबारे जानकारी नै नगराउने गरेको गोमाको भनाइ छ ।

विद्यालयमा २७ लाख रुपैयाँ बराबरको भवन, १७ लाख रुपैयाँ बराबरको शौचालय बनिरहेको र मसलन्द खर्च, पालिकाले दिने खर्च पनि पारदर्शी नभएकोले पारदर्शी बनाउन माग गर्दा कुटिएको गोमा बताउँछिन् । उनी भन्छिन् ‘म हिसाब माग्नुपर्ने ठाउँमा भएर नै माग गरेको हो । अहिलेसम्म विद्यालयको आयव्यय देखाइएको छैन । कता कता के खर्च भयो भन्दा तँलाई हर हिसाब देखाउँदिन भन्दै एक्कासी कुटपिट गर्न थाल्नुभयो ।’

  • सामान्य ठेलाठेल मात्रै भएको हो : पौडेल 

विद्यालयकी प्रधानाध्यापक पौडेलले भने आफूले कुटपिट नगरेको बताइन् । विद्यालयको आय व्ययबारे शिक्षक कार्कीले चासो राखेपछि बोलाइएकोे बैठकमा सामान्य ठेलाठेल भएको पौडेलले स्वीकार गरिन् ।

‘बैठककै क्रममा माइन्यूट मसँग थियो । त्यो तान्न आउँदा ठेलाठेल भएको हो । माइन्यूट पनि च्यातिएको छ’, पौडेलले भनिन्, ‘उहाँ उपचारबाट फर्केपछि सबै स्पष्ट हुन्छ ।’

सँगै काम गरेको करिब १५ वर्ष भएकोले मिलेर नै काम गरेको तर १० दिन यतादेखि भने शिक्षक गोमाले चिर्कटोमा टिपेर ल्याउने र हिसाब माग्ने गर्न थालेपछि बैठक राखिएको प्रधानाध्यापकको भनाइ छ । उनले भनिन् ‘पछिल्लो समय म प्रधानाध्यापक भएपछिको हिसाकिताब देखाउनुपर्छ भन्न थालेकाले उहाँकै कारण बैठक राखिएको थियो ।’

यो विद्यालयमा पहिला कार्की नै प्रधानाध्यापक थिइन् । उनले नभ्याउने भएपछि आफूलाई जिम्मेवारी दिइएको पौडेलले बताइन् ।

कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा प्रधानाध्यापक पौडेल र शिक्षक कार्की दुबै जना राहत तर्फका शिक्षक हुन् । उनीहरु दुई जना र बालविकासमा एक जना गरी तीन जना शिक्षक र एक कर्मचारी छन् । यो विद्यालयमा ३१ जना बालबालिका अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४