Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिरोले घरै बगाउँदा सासु-बुहारीको मृत्यु (अपडेट)


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३ २०७९
  • 2.9K
    SHARES

काठमाडाैँ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा पहिरोले पुररेर सासु-बुहारीको मृत्यु भएकाे छ । गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएकाे हाे ।

सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार लिम्बुका अनुसार पहिरोमा परेर हराइरहेका उनीहरुको पुहिरिएकै अवस्थामा शव भेटिएको हो । अधिकारीको घरमाथि सडक खनिएको थियो । सोहि सडकसँगै गएको पहिरोले घरमतान बगाएको छ ।

यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । विष्णु अधिकारी गम्भीर घाइते भएका छन् । उनलाई हेलिकप्टरबाट उद्धारको तयारी भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जन प्रहारलाई जानकारी दिए । ‘भाग्ने क्रममा उनको आँखा, छाती र टाउकोमा गम्भीर चोट लागेको खबर आएको छ । उनलाई उपचारका लागि स्थलमार्गबाट अस्पतालसम्म पुर्‍याउन बाढी पहिरोका कारण समस्या छ ।’

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पहिरोले अधिकारीका दुई वटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपाया समेत पुरेको अनुमान गरिएको छ । यस्तै पहिरोले वडा नम्बर-६ का केही घरमा पनि नोक्सानी भएको छ । पहिरोका कारण यी दुई वडाका १०/१५ परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४